☰ open Loading... 26 April 2024|  

यस्ताे छ गायक चुनारा र गायिका केसीकाे धमकेदार तीज काेशेली
  | १० श्रावण २०७४, मंगलवार १७:३२

सुर्खेत । तीज नजिकिने क्रम संगै गीतसंगितको बजारमा सयौं गित बजारमा सुन्न पाइन्छ । गीत संगीतको समग्र ब्यबसायसंगै चर्चाको माध्यम बनेका हुन्छन ।

यस वर्षका तीजका भाकाहरू पोहोर परार सालका भन्दा अलि सभ्य र हेर्न लायक बनेका छन भन्दा अन्यथा नहोला । संस्कार र संस्कृतिको जर्गेना र सत्यको बाटोमा नितन्तर हिडिरहेका चर्चित गायक धनराज चुनाराको आवाजमा देशका विभिन्न भाग, पर्यटक स्थल र विभिन्न जिल्लाहरूको यर्थातता रचना गरिएको गीत बजारमा आएको छ ।

राजु सुनामको लय शब्दमा तयार भएको गीतमा धनराज चुनारा र गायिका लक्ष्मी केसीको स्वर रहेको छ । मिलन र लिलाले अभिनय गरेको उक्त भिडियोमा नरेश सोनीले निर्देशन गरेको छन । शम्भु चालिसेले छायांकन गरेका हन भने सम्पादन रविन बि.कले गरेका छन ।
उक्त भिडियो बिकल क्रियसनले बजारमा ल्याएको हो ।