☰ open Loading... 3 May 2024|  

काँक्रेविहार यातायातले ल्यायाे ‘एयर बस’
  | २२ श्रावण २०७४, आईतवार ०९:५१

सुर्खेत । काँक्रेविहार यातायात बस व्यवसायी समिति सुर्खेतले ‘एयर बस’ भित्राउन लागेको छ । नाफामुखीभन्दा पनि यात्रुहरुको मागलाई मध्यनजर गर्दै आरामदायी यात्राका लागि ‘एयर बस’ सुर्खेतमा भित्राउन लागेको समितिका सचिव रमेश सापकोटाले जानकारी दिए । यी बस साउनकाे २८ गते सम्म सुर्खेत अाइपुग्ने छन् ।

४० सिट क्षमता रहेको ‘एयर बस’ भारतको नयाँ दिल्लीको सिना वडी विल्डर्स कम्पनीले तयार गरेको हो । आगामी भदौ पहिलो सातादेखि सुर्खेत–काठमाडौं सञ्चालन हुने यी पाँच वटा बस रक्सौल नाकाबाट सुर्खेत ल्याउन लागेको सचिव सापकोटाले बताए ।

‘सिना बडी विल्डर्स कम्पनीले पर्यटक वस निर्माण गर्छ’ सचिव सापकोटाले भने,–‘नारायणी अञ्चलदेखि पश्चिम नेपालमा पहिलो पटक काँक्रेविहार यातायातले सोही कम्पनीसंग ‘एयर बस’ निर्माण गरेरे सुर्खेत भित्राउन लागेका हौं ।’ एक बसको लागत झmण्डै ८२ लाख छ । सुर्खेत–काठमाडौं रुटमा सञ्चालनमा रहेका बस भन्दा ‘एयर बस’ लामा र ठूला बस हुन् ।

समितिले हाल काठमाडौं रुटमा ५ एसी, ५ डिलक्स, ५ क्यापिटल र ५ मेट्रो बस तथा ४ वटा हाइस (दिवा सेवा) सञ्चालन गरिरहेको छ । यस्तै, सुर्खेत, दैलेख, नेपालगञ्ज, जुम्ला लगायतका जिल्लामा १४६ बस र ६ हाइस सेवा मार्फत यात्रुहरुलाई सेवा दिइरहेको छ ।