☰ open Loading... 19 May 2024|  

मस्टामाण्डौ मेला : डोका र च्याङग्राबाट ३ लाखकाे कारोबार
  | २२ श्रावण २०७४, आईतवार १७:२३

रमेश रावत
अछाम । मस्टामाण्डौ मेलामा बेच्नको लागी ल्याईएका डोका र च्याङग्राबाट अपेक्षा गरे भन्दा बढी राजस्व संकलन भएको छ । मेलामा बेच्नको लागी रामारोशन गाउँपालिकाका विभिन्न वडाबाट ल्याईएका डोका र च्याङगा्राबाट करिब साढे ८ हजार रुपैया राजस्व संकलन भएको मेला व्याबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर २ का नव निर्वाचि वडा अध्यक्ष पदम धामीले जानकारी दिए ।

झाकीसहित मस्टामाण्डौ मन्दिरमा जाँदै गरेका तिर्थालुहरू ।

रामारोशन गाउँपालिकाका विभिन्न क्षेत्रबाट गरी ३८ जनाले डोका र च्याङग्रा विक्रि गर्नका लागी ल्याएका थिए । डोकाबाट अनुमानित ३ लाख बढिको कारोबार भएको छ । करिब ५०० भन्दा बढि डोका तथा १५०० भन्दा बढि डाला र च्याङग्रा विक्रि भएका छन ।

डोकाको न्युनतम ३०० देखि ५०० तथा च्याङग्राको न्युनतम १२० रुपैयामा विक्री गरीएको रामारोशन गाउपालीका ५ का प्रभु बुढाले बताए । मेलामा अन्य व्याबसायी संग पनि राजश्व असुल गरीएको वडा अध्यक्ष धामीकाे भनाइ छ ।