☰ open Loading... 23 December 2024|  

जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेस विजयी
  | २३ श्रावण २०७४, सोमबार १५:४४

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । समितिको ९ सदस्यीय पदका लागि सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।


समन्वय समितिको प्रमुखमा छविलाल सिग्देल र उप–प्रमुखमा देवी भट्टराईलाई विजयी भएका छन् । समितिको दलित सदस्यमा पुसे कामी, महिला सदस्यमा बालकुमारी पुन, रमा विसी, पुर्णा चालिसे तथा खुला सदस्यमा विरसिंह घर्ति, बासुदेव शर्मा र तिर्थ रावत विजयी भएका छन् । नौं स्थानीय तह रहेको सुर्खेतमा कांग्रेसका ११ र एमालेका ७ मतदाताले मतदान गरेका थिए ।