☰ open Loading... 26 April 2024|  

वनगाड कुपिण्डे नगरपालिकाका वडा सचिवबिहिन
  | ५ भाद्र २०७४, सोमबार १७:४६

इन्द्रबहादुर बुढाथोकी
सल्यान । वनगाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा सचिवबिहिन भएका छन् । स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर गएको र नयाँ सचिव नआउदा नगरपालिकाका १२ वटै वडा सचिवबिहिन भएका हुन् ।

सचिव नहुँदा सर्वसाधरणहरु कार्यालयबाट रित्तो हात फर्किनु पर्ने बाध्यता रहेको छ । निर्वाचन पछि भएका सचिवहरु सबै सरुवा भएर गएको र नयाँ सचिवले आउन नमानेका कारण समस्या भएको बन्गाड कुपिण्डे नगरपालिकाका कार्यकारी अधिकृत हरि बहादुर खत्रीले जानकारी दिए ।

वडा सचिवहरु नहुँदा जनप्रतिनिधिहरुलाई काम कसरी गर्ने भनेर अन्यौलता बढेको उनको भनाई रहेको छ । आवश्यक कर्मचारीको व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले छिटो छरितो र सुुलभ ढंगले सेवा पाउन नसकि रहेको अधिृकत खत्रीले बताए ।

उनले भने, ‘निर्वाचन भएको दुई महिना पुगी सक्यो तर कर्मचारीको व्यवस्थापन हुनसकेकाे छैन, कसरी सिमित कर्मचारीले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सक्छ ।’

जनताबाट निर्वाचित मेयर तथा उपमेयर समेत एक महिनादेखि कार्यालयमा नआएको सेवाग्राहीको भनाई छ । नगरसभापछि मेयर उपमेयर कार्यालयमा जति पटक आउदा पनि भेट्न नपाएको एक स्थानीयले बताए । नगरपालिकाबाट एउटा सिफारिस लिनु थियो सिफारिसका लागि धेरै पटक कार्यालयमा गए तर कहिलै मेयर र उपमेयरलाई भेटन  नसकेकाे उनकाे दुखेसाे थियाे ।