☰ open Loading... 26 April 2024|  

स्थानीय तहमा समावेशकाे माग गर्दै सामाजिक परिचालक आन्दोलित
  | १३ भाद्र २०७४, मंगलवार १८:१०

दैलेख । मंगलवार रिपोर्टर्स क्लव दैलेखमा भएको साक्षात्कार कार्यक्रममा सामाजिक परिचालक हकहित संरक्षण नेपाल दैलेख शाखाले स्थानीय निकायमा सामाजिक परिचालकहरुलाई समावेश गर्नुपर्ने माग राखेका छन् । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका देशभरका सामाजिक परिचालकहरुले स्थानीय तहमा सामाजिक विकास शाखा कायम गरि आफुहरुलाई स्थापित गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले एक पटकलाई हद नलाग्ने गरि दरबन्दी सिर्जना गरि सामाजिक परिचालकहरुलाई स्थापित माग गरिएका छन् । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकको योग्यता तह अनुसार पारिश्रमिक, दुर्घटना, विमा, उपचार, लगायतका सुविधाहरु ब्यवस्था गरियो भनेर उनीहरुले माग राखेका छन् ।

उनीहरु बुधवार प्रमुख जिल्ला अधिकारी मार्फत आफ्ना मागहरु संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा स्थानीय विकास मन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम रहेको छ । देशभर ५ हजार सामाजिक परिचालक छन् । उनीहरुले ७ हजारबाट काम सुरु गरेका थिए । अहिले १२ हजार तलव बुझ्छन् ।

ज्ञापनपत्र र मागहरुबारे सुनुवाई नभए चरणबन्द आन्दोलन हुने जिल्ला अध्यक्ष चक्र विसीले बताए । स्थानीय तहको निर्देशन पालनाको पदीय दायित्व निर्वाह गर्दै आएतापनि आफुहरुको भविष्य अन्यौलपूर्ण रहेकाले संगठित भएर आन्दोलनमा उत्रनुपरेको सामाजिक परिचालक हकहित संरक्षण नेपाल, प्रदेश नम्वर ६ का सचिव जनक अधिकारीले बताए ।