☰ open Loading... 1 May 2024|  

शिक्षक नायक जिल्ला स्तरीय गोष्ठी
  | २३ भाद्र २०७४, शुक्रबार १६:३७

सुर्खेत  नेपाल रेडक्र सोसाइटी सुर्खेतको ३४ औं जुनियर तथा युवा र २६ औं शिक्षक नायक जिल्ला स्तरीय गोष्ठी शुक्रवार विद्यापुरमा सम्पन्न भएको छ । गोष्ठीको उद्घाटन गर्दै पूर्व मन्त्री एवं क्षेत्र नं. २ का सांसद ह्दयराम थानीले समास विकास, क्षमता विकास र असल आचरण सिकाउने एकमात्र संस्था रेडक्रस भएको बताए ।

उनले भ्रष्टाचारको चरम अवस्थामा पनि रेडक्रसमात्रै अहिलेसम्म टाढा बसेको भन्दै यसको कार्य क्षेत्र र भूमिका विस्तार गर्नुपर्नेमा जोड दिए ।  रेडक्रसका जुनियर युवा विभाग संयोजक हिरामणि पौडेलको अध्यIतामा भएको कार्यक्रममा पूर्व मन्त्री शिवराज जोशी, सांसद एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल, पंचपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, उपप्रमुख मुक्तिदेवी पुरी, रेडक्रसका सभापति रामलाल आचार्य, पूर्व सभापति लिलाराम सुवेदी, स्रोत व्यक्ति नवराज घिमिरेलगायतले बोल्दै रेडक्रस स्वयंसेवी र सर्वस्वीकार्य संस्था भएको बताएका थिए ।