☰ open Loading... 26 April 2024|  

सुर्खेतको साउनेपानीमा प्रहरी सवार गाडी दुर्घटना
  | ९ जेष्ठ २०७४, मंगलवार ११:२३

सुर्खेत । कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरी सवार गाडी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ भने २५ प्रहरी घाइते भएका छन् । सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत वीरेन्द्रनगर–१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरका वान टन (मिनी जीप) मंगलबार विहान दुर्घटना भएको हो ।

जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको ट्राफिक प्रहरी पोष्ट छेडाका ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिए । जिप अनियन्त्रित हुँदा दुर्घटना भएको जानकारी दिएका उनले एक जान प्रहरीको उपचारको क्रममा लैजादै गर्दा मृत्यु भएको बताए । मृत्यु हुनेमा रुकुम घर भएका प्रहरी जवान तारा चन्द भएको प्रहरीले जानकारी दियो ।  दुर्घटनामा अन्य घाइतेहरुको वीरेन्द्रनगरको देउती हस्पिटल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।