☰ open Loading... 30 April 2024|  

प्रदेश ६ का निर्वाचित जनप्रतिनीधि सुर्खेतमा
  | ६ असार २०७४, मंगलवार १४:१३

सुर्खेत । प्रदेश नम्बर ६ का जननिर्वाचित जनप्रतिनीधिहरु सुर्खेत आएका छन् । स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्वन्धी अभिमुखीकरणमा सहभागी हुन निर्वाचित जनप्रतिनीधि सुर्खेत आएका हुन् ।

तीन दिनसम्म सञ्चालन हुने अभिमुखिकरणमा प्रदेश ६ का १० जिल्लाका निर्वाचित नगरप्रमुख÷उपप्रमुख र गाउँपालिका अध्यक्ष÷उपाध्यक्षहरु सहभागी छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोग तथा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अभिमुखीकरण आयोजना गरेको हो ।

तीन दिनसम्म निर्वाचित जनप्रतिनीधिहरुलाई आयोगले स्थानीय तहका कसरी सञ्चालन तथा सही व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिइने आयोगका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । उनले प्रदेश नम्बर ६ प्रकृति र संस्कृतीले धनी भएकाले स्थानीय स्रोत साधनको सहि परिचालन गरेर प्रदेशसहित राष्ट्रको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।

झण्डै दुई दशकसम्म जनप्रतिनीधिविहिन रहँदा स्थानीय स्तरको विकासको कछुवा गतिमा भएको उल्लेख गरेका उनले नवनिर्वाचित जनप्रतिनीधिको काँधमा चुनौतीसंगै अवसर समेत रहेकाले पछिल्ला पुस्ताले चिन्नेगरी काम गर्न निर्देशन दिए । कार्यक्रमको उद्घाटन सत्रमा आयोगका प्रशासनिक अदालतका अध्यक्ष काशिराज दाहाल, सह–सचिव मधुसुधन बुर्लाकोटी, उपलेखा महानियन्त्रक बाबुराम गौतमले भनाई राखेका थिए ।