☰ open Loading... 21 May 2024|  

काँक्रेविहार मार्गमा सरसफार्इ
  | ६ असार २०७४, मंगलवार १७:५४

सुर्खेत । स्वच्छ, सुन्दर र हराभरा वडा बनाउने अभियानका साथ सरसफाई गरिएको छ । वीरेन्द्रनगरको वडा नम्बर ९ अन्तरगत पर्ने काँक्रेविहार जाने मुख्य प्रवेशद्वार मंगलगढीदेखि काँक्रेविहारसम्म सरसफाई गरिएको हो ।

लामो समयदेखि यो सडक खण्डको किनारामा थुप्रिएको फोहोर वडा अध्यक्ष सुरेश मानन्धरको अगुवाईमा मंगलबार सरसफाई गरिएको छ । आफ्नो वडा नगरमा नै ऐतिहासिक वडा भएकोले काँक्रेविहार तथा शिव मन्दिरको प्रवेशद्वार मंगलगढीमा थुप्रिएको फोहरलाई नमो बुद्ध सप्लायर्स एण्ड कन्ट्रक्सन प्रा.लि. र बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा सरसफाई गरिएको अध्यक्ष मानन्धरले पश्चिमनेपाललाई जानकारी दिए ।

अध्यक्ष मानन्धरले सडक मापदण्ड अनुसार २५ मिटर भित्रका फुटपाथ हटाइएको र २५ मिटर भित्र पहिला बनिसकेका घरटहराहरुलाई पनि सुधार गरेर सम्भ नागरिक बन्न वडाबासीहरुलाई आग्रह गरेका छन् । यो अभियानलाई निरन्तर अगाडी बढाउने बताएका मानन्धरले वडाको विकासमा वडाबासीको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता जनाए ।