☰ open Loading... 26 April 2024|  

काठमाडाैं लैजाँदै गरेका एकसय २० बालबालिकाको उद्धार
  | १२ मंसिर २०७३, आईतवार ०७:४६

सदरमुकाम गमगढी नजिकैका गाविसबाट काठमाडौं लैजादै गरेको बालबालिकाहरुको उद्धार गरिएको छ । ललितपुरको दक्षिणकालीमा रहेको शंकर ईट्टाभट्टामा काम लगाउन भन्दै बसमा लैजादै गर्दा मुगु प्रहरीले १२० जना बालबालिकाहरुको उद्धार गरेको हो ।

mugu

प्रहरीले ईट्टाभट्टाका एजेन्ट दाङका बिजौरीका पुरन पुनमगर र मुगु सेरीका ममता घर्ति भने पक्राउ गरेको छ । उद्धार गरिएका बालबालिकाहरु सदरमुकाम नजिकका दलित बस्ति श्रीनगरका २७, कार्कीबाडाका २०, रुगाका ४ र रोवा गावसिका ६९ जना छन् । यी मध्य ५० जना महिला र पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी शारदा प्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार ललितपुरको ईट्टाभट्टामा दिनमा प्रति एक ईट्टा बोके वापत ३३ रुपैयाँका दरले ज्याला दिने र बालबालिकालाई राम्रो निजि बिद्यालयमा मासिका २ सय रुपैया शल्क तिरी पढाउने आश्वासन समेत दिइएको थियो ।

एजेन्ट पुन र घर्तीले सदरमुकाम गमगढीबाट काठमाडौंसम्म प्रति बस १ लाख ४५ हजारमा रिर्जब गरेर बालबालिका काठमाडौं लैजादै गरेको खवर पाएपछि प्रहरीले उद्धार गरेको डिएसपी चौधरीको भनाई छ ।