☰ open Loading... 26 April 2024|  

बाँके इस्टुद्वारा ज्ञापनपत्र हस्तान्तरण
  | ८ श्रावण २०७७, बिहीबार १७:००

बाँके । निजी विद्यालयका शिक्षकहरुको माग प्रति गम्भिर बन्न भन्दै इस्टु बाँकेले धर्ना सहित ज्ञापन पत्र बुझाएको छ । इस्टुले बिहिबार जिल्ला शिक्षा समन्वय समिती परिसरमा धर्ना दिनुका साथै ज्ञापन पत्र बुझाएको हो ।

इस्टुका अध्यक्ष गमबहादुर डाँगरले कार्यालयका प्रमुख रामसुरेश यादवलाइ ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र दिदै अध्यक्ष डाँगरले आफ्ना मागहरुलाई सम्बोधन गर्न तीनै तहका सरकार गम्भिर बन्नुपर्नेमा जोड दिए ।

उता, शिक्षा प्रमुख यादवबले भने संस्थागत विद्यालयका शिक्षकहरुलाइ बेतलबी शब्द हटाइने, निष्कासन गर्ने कार्यलाई तत्काल रोक्नुपर्ने, शिक्षकहरुलाई अनिवार्यरुपमा नियुक्ति पत्र दिनुपर्ने र साथै सामाजिक सुरक्षा कोषको व्यवस्था गरिनुपर्ने लगायतका कुराहरुलाइ सम्बोधन गरिने बताए ।

कार्यक्रम्मा इस्टुका उपाध्यक्ष एवंम प्रदेश न ५.का ईन्चार्ज उमेश सापकोटा र केन्द्रिय सदस्य वामदेव ओलीले संस्थाप्रती सबै एकजुट भएर जानुपर्ने बताए । आन्दोलन प्रति कोहि पनि विचलित नभएर अगाडी बढेमात्र आफना मागहरु पुरा हुेन बताए ।

आफना मागहरुलाइ पूरा गराउन प्याब्सन, एन प्याब्सन तथा सम्पूर्ण सम्बन्धित निकायहरु संग समन्वय गरिने उनको भनाई छ । कार्यक्रममा बांके इस्टुका वरिष्ठ उपाध्यक्ष मुना हमाल र सचिव महेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।