☰ open Loading... 26 April 2024|  

असारे विकास भ्याईनभ्याई, पूर्वाधारको रकममा वेथिती
  | १८ असार २०७३, शनिबार ०३:०९

जिल्ला विकास समितिबाट संञ्चालित योजनाहरुमध्ये संसद निर्वाचन क्षेत्र, पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा उपभोक्ता समितिले गुणस्तरहिन काम गरेको भेटिएको छ । सिहांसैन आठविसे क्याम्पस जोड्ने सडक आँखामा छारो हाल्ने गरी निर्माण गरिएको छ । अनुगमन समिति जाँदा सडक बगरमा परिणत भएको भेटाएको छ ।

dkt
नगरभित्रबाट पंचकोशी क्षेत्र जाने सडक पिसिसि गरिदैँ ।

सडकको नमुना नै नदेखेर अनुगमन समिति फर्किनु परेको थियो । उक्त सडकको लागि ७ लाख रकम विनियोजन गरिएको हो । त्यस्तै ज्वाला उच्च मावि क्यापस पूर्वाधारका लागि संसद निर्वाचन विकास क्षेत्र पूर्वाधार कार्यक्रमबाट १५ लाख र जनश्रमदान ३ लाख ७५ हजार गरी १८ लाख ७५ हजार रकम कामै नगरी खर्चिन लागिएको छ ।

नेताहरुकै आडमा उक्त रकम कामै नगरी खर्चिन लागेको हो । उनीहरुले ५ लाखको काम मात्रै गरेका छन् । बाँकी रकम क्याम्पस निर्माणका लागि खर्च गर्ने दाउमा छन् । उक्त विद्यालय ब्यवस्थापन समितिले हेरेको हरै छ । घुमाउँरो तरिकाबाट बचेको पैसा क्याम्पस निर्माणका लागि जम्मा गर्ने समिति अध्यक्ष नन्दबहादुर खड्काले बताए ।

‘फिल्ड निर्माणबाट बचेको रकम खातामा राखेर भवन बनाउने सोचमा छौं ।’ अध्यक्ष खड्काले भने, ‘फिल्ड निर्माणमा कम पैसा खर्च गरेका छौं ।’ फिल्ड अनुगमनमा पुगेका जिल्ला प्राविधिक कार्यालयका प्राविधिक दशरत महतराले उनीहरुले निर्माण गरेको विद्यालय फिल्ड ५ लाख जति खर्च भएको स्टेटमेन्ट निकालेका छन् ।

यी केही संसद क्षेत्र विकास पुर्वाधार कार्यक्रमको नमुना मात्रै हो । जिल्लाभर यस्ता योजनाहरु कडाईका साथ अनुगमन गर्न जरुरी रहेको अनुगमन समितिको निष्कर्ष छ । कुनै पनि योजनाहरुको रकम काम अनुसार मात्रै आफूहरुले भुक्तानी गर्ने स्थानीय विकास अधिकारी हरि प्याकुरेल बताउँछन् ।

‘एउटै योजनामा धेरै पटक अनुगमन गरिएपछि मात्रै भुक्तानी हुनेछ ।’ स्थानीय विकास अधिकारी प्याकुरेलले भने, ‘सवै योजनाहरु एकएक गरी नापेर मात्रै फाईल उठ्ने छ ।’

असार सकिन १० मात्रै बाँकी छ । गाँउमा धमाधम काम सक्न विकासे अड्डालाई हतारो छ । धेरै उपभोक्ताहरु आफै काम गरिरहेका छन् । धेरै उपभोक्ता समितिले डोजर लगाएर छिटोछिटो सडक खनिरहेका छन् ।

गाँउमा जता ग¥यो त्यतै उपभोक्ताहरुलाई काम भ्याईनभ्याई छ । गाँउका टाँठाबाँठा उपभोक्ता समितिमै बसेर छन् । जता गए पनि उपभोक्ताहरु कामै ब्यस्त देखिन्छन् । बजेट सक्न ठेकेदारदेखी उपभोक्ता समितिसम्म भ्याईनभ्याई छ ।

गाँउमा रोपाईमा समेत कामदार पाउन गाह्रो हुने गरेको छ । बजेट सक्नकै लागि असारमा गुणस्तरहिन काम हुनसक्ने भन्दै दैलेख जिविसले अनुगमन समिति नै बनाएर गाँउ गाँउ पठाएको छ ।

‘गाँउमा पुरुष खोज्न मुस्किल पर्छ ।’ द्धारीका गगन रोक्काले भने, ‘सवै विकासे काममै ब्यस्त छन्, आजभोली हुने विकास कसरी गुणस्तर हुनसक्छ ।’

चुप्रा मेहेलतोली चुप्रा सिमाडा मेहेलतोली मर्मत सडक योजनाको सडकका केही ठाँउमा ढुंगादेखी केही छैन् । १५ लाखमा स्थानीय यातायात क्षेत्रगत पूर्वाधार कार्यक्रम मार्फत निर्माधिक हो ।

म्याद गुज्रेको उक्त कामै नभएको अनुगमन समितिका सदस्य उमेश रावतले बताए । łएक दुई ठाँउमा ढुंगा मात्र छ ।’ अनुगमन समितिका सदस्य रावतले भने, १५ लाखको काम सकिएको योजना हेर्न जाँदा १ लाखको पनि देखीएन् ।’ समितिका अध्यक्ष याम रावललाई अनुगमन समितिले बोलाउँदा समेत आएनन् ।

उक्त सडकमा योजनाअनुसार कामै नभएको प्राविधिकहरुले बताए । त्यस्तै रार्कमदेखी रोल जोड्ने ७ लाखको सडकको काम पनि गुणस्तर हुनै सकेको छैन् । सडक ठाडो हुँदा डोजरै चढ्न नसक्ने उकालो सडक खनिएको छ ।

गुणस्तरिय सडकको स्टेटमेन्ट नभएको स्थानीयहरु बताउँछन् । łठाँडो उकाले सडक खन्न थालिएको छ ’। एक स्थानीयले भने, मान्छे हिड्नै कठिन छ गाडी कसरी जाला ?’ यी त केही नमुना मात्रै हो जिल्लाभर असार लागेसंगै १ सय ४७ योजनाहरु काम धमाधम भैरहेको छ ।

ती योजनाहरु ५० हजारदेखी २२ लाखसम्मका रहेको जिविसका योजना अधिकृत पदम सापकोटाले बताए । ती मध्ये सडकमा धेरै योजना रहेका छन् । खानेपानी, सिचाई, विद्युत विस्तार आदि योजनाहरु रहको जनाईएको छ ।

मध्यअसारमा मात्रै स्थानीय विकास मन्त्रालयबाट ५ सडकका निर्माणका लागि २ करोड ३० लाखको अख्तियारी आएको छ । जिविस दैलेखले आइतवार जिल्ला प्राविधिकलाई सम्भाब्यता अध्ययनको लागि फिल्डमा खटाएको छ ।

ढिला अख्तियारी आएकाले सर्वदलिय बैठक राखेर सम्भाब्यता अध्ययन निर्णय भएकोले फिल्डमा प्राविधिक पठाएको जिविसका योजना अधिकृत पदम सापकोटाले बताए ।

उनका अनुसार असार १५ मै बजेट आएकाले काम गराउन निकै चुनौती रहेको छ । दैलेखबजार–नौमुले–कालिका हुँदै जाजरकोट (जुनी) सडकमा ५० लाख, नौमुले– रापट– द्धारी सडकमा ४५ लाख, नौमुले–द्धारी सडकमा ४५ लाख, महावु– डिल्लीकोट– कालीकोट जुम्ला सडकमा ४५ लाख र माथिल्लो डुङ्गेश्वर– ब्यूराखेत– लालीकाँडामा ४५ लाख नामाकरण गरेरै मन्त्रालयले बजेट पठाएको जिविस दैलेखले जनाएको छ ।

सम्भाब्यता अध्ययनको लागि प्राविधिक टोली पठाईएको छ । स्थानीय विकास अधिकारी हरि प्याकुरेलले भने, ‘काम गरिए, काम अनुसार मात्रै भुक्तानी हुनेछ । काम हुन नसकेको पैसा फ्रिज पठाईनेछ ।’

आफै पुगे अनुगमनमा एलडिओ

दैलेखका विभिन्न गाविसहरुमा भैरहेको विकास निमार्णको गतिविधिहरुको छड्के अनुगमन गर्न स्थानीय विकास अधिकारी (एलडिओ) हरि प्याकुरेल गाँउमै पुगेका छन् । स्थानीय विकास अधिकारी प्याकुरेल पूर्वमा जगनाथदेखी पश्चिममा पिपलकोटसम्म छड्के अनुगमनमा पुगेका हुन ।

जिविसले ११ वटा ईलाकामा रहेका विकास निर्माण अनुगमनका लागि ५ वटा टोली बनाएर अनुगमन समेत गरेको थियो । नमुनाको रुपमा विकास योजनाहरु हेर्न आफु केही गाविसहरुमा पुगेको स्थानीय विकास अधिकारी प्याकुरेलले बताए । ‘विगतका वर्षहरुमा कामचोर प्रवृतीले विकासका योजनाहरु लथालिङ्ग भएको देखीयो ।’

प्याकुरेलले भने, सवै पक्षबाट निगरानी भएमा विकास गर्न असम्भव छैन् । प्रत्येक योजनामा प्राविधिक र अनुगमन टोलीको भिन्दाभिन्दै सिफारिस भएमा मात्र भुक्तानी दिने ब्यवस्था मिलाएका छौ ।’

प्राविधिक लगेर उनले विकास योजनाको अनुगमनमा हिड्ने गरेका छन् । विगतमा प्राविधिकसंग मिलेर काम नभएको भएपनि विल भरपाई मिलाउने गरेको गुनासो आएपनि स्थानीय विकास अधिकारी आफै विकास अनुगमनमा पुगेका हुन् ।