☰ open Loading... 22 December 2024|  

विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत
  | २८ असार २०७३, मंगलवार ०४:३२

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार फेर्न पर्ने भन्दै अड्डी कसेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थीलाई झट्का लागेको छ । लामो समयदेखि विभिन्न मागसँगै रजिष्ट्रार पनि नयाँ नियुक्त गर्नु पर्ने मुख्य माग केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले राख्दै आएको थियो । तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा मल्ललाई पनुः नियुक्त गरेको छ ।

मन्त्रीपरिषद्ले बुधबार ८७७३ चलानी नम्बरको पत्र पठाएर विश्वविद्यालयको रजिष्ट्रारमा मल्ललाई यथावत राख्न चार वर्षे कार्यकालको नियुक्ति पत्र पठाएको छ । विश्वविद्यालयका कुलपति समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को परिच्छेद–९ को दफा २५ अनुसार नै नियुक्ति पत्र पठाएको सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रार पदमा ऐनको दफा २८ को उपदफा २ बमोजिम ४ बर्षको पदावधि कायम भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गत माघमा अघिल्लो कार्यालयका रजिष्ट्रारको कार्यकाल सकिएको थियो । तत्कालिन विश्वविद्यालयका राजिष्ट्रार लगायतका पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा अख्तियारले निलम्वन गरेपछि मल्ल २०७१ साल माघ ४ गते अन्तरिम व्यवस्थाका लागि राजिष्ट्रार पदमा नियुक्त भएका थिए ।

नेपाली विषयमा विद्यावारिधी गरेका मल्लले यसअघि सुर्खेत क्याम्पस शिक्षाको क्याम्पस प्रमुखको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् । मल्लले (बिहीबार) आज विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदभार ग्रहण कार्यक्रम तय भएको विश्वविद्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए ।

malla
यसैविच, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपप्रध्यापक ललितजङ्ग शाही विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायको सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका छन् । विश्वविद्यालयको द्वन्द्व र शान्ति अध्ययन विभागका विभागिय प्रमुख समेत रहनु भएका शाहीलाई विश्वविद्यालयले सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

स्थापनासगै विश्वविद्यालयमा कार्यरत उनले श्रीलंकावाट द्वन्द्व, शान्ति र विकास विषयमा श्रीलंकावाट स्नात्तकोत्तर गरेका छन् । सहायक क्याम्पस प्रमुखमा नियुक्त भएपछि खुशी व्यक्ति गदै उनले विश्वविद्यालय र विद्यार्थीको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।