☰ open Loading... 26 July 2024|  

कोरियोग्राफी जिम्मा लिएर प्रियंका यूकेमा
  | २८ श्रावण २०७३, शुक्रबार १०:५६

६ महिनाबीचमा दोश्रो पटक बेलायत आइपुगेकी नायिका प्रियंका कार्की फरक जिम्मेवारीवोधले बाँधिएकी छन् यो पटक ।

Priyanka
यसअघिका उनका भ्रमण सांस्कृतिक कार्यक्रमका लागि हुन्थे र केही नाचपछि उनी मुक्ति पाउँथिन् । तर, यसपाली उनी मिस यूके नेपाल २०१६ प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक र कोरियोग्राफरका रुपमा बेलायत आएकी हुन् । कलिला र यस खालको प्रतियोगितामा नयां युवतीहरुलाई सिकाउने दायित्व उनीमाथि छ ।

गत सोमबार लन्डन उत्रिए लगत्तै उनी मिस यूके नेपालका ८ जना प्रतिष्पर्धीमाझ उपस्थित भइन् एम्पायर हलमा । २४ अगष्टमा नेपाल फर्कनुअघि प्रियंकाले मिस यूके नेपालका सुन्दरीहरुलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिनेछन् ।

ुएकदम महत्वपूर्ण जिम्मेवारी लिएर आएकी छु, प्रेसर र उत्साह दुबै छु, ब्रेकमा एकछिन् फुर्सद निकालेकी उनले कान्तिपुरसंग भनिन्, ुहरेक सिक्वेन्स सिकाउने देखि स्टेज डेकोरेसन, लाइट, कस्टम सबैमा प्रशिक्षण चुनौतिपूर्ण पनि छ ।ु

प्रतिष्पर्धीहरुलाई ओपनिङ राउण्डमा डान्स गराउने योजनाले त्यो पनि सिकाइरहेकी छिन् उनी ।

केही साताअघि मात्र अमेरिकामा मिस भुटान यूएसएु को कोरियोग्राफी गरेकी प्रियंकालाई यो जिम्मेवारी नौलो भने होइन । उनको करिअर नै मिस टिन ९२००५० बाट सुरु भएको थियो । केही महिनाअघि टेक्सास र लस एन्जलसमा पनि उनले फेसन शोको कोरियोग्राफी गर्ने जिम्मा लिएकी थिइन् । सन् २०१२ को ुमिस नेपाल यूएसएु मा पनि प्रियंकाले त्यही भूमिका निर्वाह गरिन् ।

ुपछिल्लो पटक मोडलिङमा पनि मेरो सक्रियता बढेको छु, उनले भनिन् । भर्खर अमेरिका घुमेर नेपाल फर्किएलगत्तै यूके आएकी प्रियंका नेपालमा अति व्यस्त नायिका मानिन्छिन् । प्रियंका सुन्दरीहरुमाझ रमाइरहँदा उनी अभिनित छक्का पन्जाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

२१ अगष्ट आइतबार सांझ एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा ५ औं मिस यूके नेपाल २०१६ हुन लागेको हो । यसपटकको प्रतियोगितामा आठ जना सुन्दरीहरुअलिसा, मेघ्ना, कल्पना, टेनिसा, प्रशंसा, विभिया, सुनिता र आरती भिड्दैछन् ।

आयोजक शान्ति गुरुङले हालसम्म ट्यालेन्ट र ब्यूटी वीथ परपोज राउण्ड सम्पन्न भइसकेको जानकारी दिंदै तयारी अन्तिम चरणमा पुगेको बताइन् ।