☰ open Loading... 23 October 2024|  

बाढीपहिरो

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो

    प्रकाशित मितिः २१ आश्विन २०८१, सोमबार १८:४५
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेको छ। नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरणअनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ। सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि का
बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

    प्रकाशित मितिः १९ आश्विन २०८१, शनिबार १२:२०
अघिल्लो साता आएको बाढीपहिराेमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्। अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए। हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।
सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

    प्रकाशित मितिः १७ आश्विन २०८१, बिहीबार १२:५३
सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ। बिहीवार बिहान ९ः१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो। तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। उनका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ।
देशभर विपद्‌बाट २०४ जनाको मृत्यु, २८ बेपत्ता

देशभर विपद्‌बाट २०४ जनाको मृत्यु, २८ बेपत्ता

    प्रकाशित मितिः १५ आश्विन २०८१, मंगलवार ०५:४०
अविरल वर्षाका कारण भएको बाढी पहिरो र डुबानमा परी हालसम्म २०४ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। प्राकृतिक विपद्‌मा परी ८९ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ। बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको त

मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा

    प्रकाशित मितिः १५ आश्विन २०८१, मंगलवार ०५:३४
सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ
सयौं घर डुबानमा, तीन वटै राजमार्ग ठप्प

सयौं घर डुबानमा, तीन वटै राजमार्ग ठप्प

    प्रकाशित मितिः १३ आश्विन २०८१, आईतवार ०६:४९
बाढीपहिरोमा परेर सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घर बगाउनुका साथै सयौं घर डुबानमा परेका छन् । बीपी, पुष्पलाल र मदन भण्डारी तीन वटै राजमार्ग ठप्प छन् । सुनकोशी गाउँपालिका–१ दुम्जामा पहिरोमा पुरिएर १२ वर्षीय बालक विनय कोइरालाको मृत्यु भएको छ ।
देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    प्रकाशित मितिः १३ आश्विन २०८१, आईतवार ०६:४६
बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।
    प्रकाशित मितिः १२ आश्विन २०८१, शनिबार २१:५१
पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका २ बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए । उनका अनुसार लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलिनसकेको बसबाट ९ शव निकालिएको हो । खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । प्रह
वर्षाको कहर : आठ जिल्लामा ३९ जनाको मृत्यु, ११ जना बेपत्ता

वर्षाको कहर : आठ जिल्लामा ३९ जनाको मृत्यु, ११ जना बेपत्ता

    प्रकाशित मितिः १२ आश्विन २०८१, शनिबार १४:२६
अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यका सहित ८ जिल्लामा ३९ जनाको मृत्यु भएको छ । मृतकहरु मध्ये काठमाडौँमा नौ, ललितपुरमा १६ , भक्तपुरमा ५ , काभ्रेपलाञ्चोक तीन, पाँचथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी परिसरका अनुसार ललितपुरमा मात्रै ज्यान गुमाउने १६ जनाको शव फेला परेको छ । ललितपुर प्रहरी परिसरका प्रहरी नायब उपर
पहिरोले पुरिदा ३ जनाको ज्यान गयो

पहिरोले पुरिदा ३ जनाको ज्यान गयो

    प्रकाशित मितिः १२ आश्विन २०८१, शनिबार १४:२२
भक्तपुरको पसालेमा पहिरोले टहरो पुरिंदा एक गर्भवती सहित कालिकोटका ३ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका अनुसार शनिबार बिहान साढे दश बजे अविरल वर्षाको कारण माथिबाट पहिरो खसेर टहरो बगाउँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट स्थायी घर भएकी २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम, १४ वर्षीया मनिषा शाही छन् । दमिला गर्भवती अवस्थामा थिइन् । कालीकोटका उनीहरू जग्गा भाडामा ल