☰ open Loading... 15 January 2025|  

सडक सञ्जालमा जोडियो डोल्पा
  | २८ श्रावण २०७३, शुक्रबार ०७:११

कर्णालीको विकट जिल्ला डोल्पामा सडक संजालसँग जोडिएको छ । नेपाली सेनाले निर्माणधिन सडकको रुकुम खण्ड निर्माण गरेपछि डोल्पा सडक संजालमा जोडिएको हो ।

Dolpa News p
डोल्पाको सीमाना त्रिवेनीमा सडकको उद्घाटन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एक बर्ष भित्रमा सेनाले डोल्पा सदरमुकाम दुनैमा गाडि पु¥याउने बताए । १ सय १८ किलोमीटर लम्बाईकोे जाजरकोट–डोल्पा सडकको १ सय २ किलोमिटर ट्रयाक खोलिएको छ ।

जाजरकोट रुकुम खण्डको ७८ किलोमीटर सडकमा यातायात संचालनमा आएका छन । रुकुमको गोतामकोटको छरीबगर देखि डोल्पाको सिमाना त्रिवेनी २० किलोमिटर छ ।

जाजरकोट–डोल्पा भेरी कोरीडोर मार्गको त्रिवेनीमा पहिलो पटक यातायात सेवा सञ्चालन भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएको डोल्पाका बीर बहादुर शाहीले बताए । नेपाली सेनाको ६ बर्ष लामो अथक प्रयास पछि त्रिवेनीमा यातायात सञ्चालनमा आएको हो ।

राष्ट्रिय महत्वको यस आयोजना निर्माणको जिम्मा सरकारले २०६४ सालमा नेपाली सेनालाई दिएको थियो । तर सरकारले उत्तर–दक्षिण लोक मार्गको रुपमा परिणत हुने सडकलाई बजेट विनियोजनमा कम प्राथमिकता दिएकोे स्थानीयले बताएका छन ।

यो मार्ग माथिल्लो डोल्पा हु“दै तिब्बतको नाका जोड्ने उत्तर–दक्षिण लोक मार्ग बन्ने बताइएको छ । जाजरकोट खण्डको ४६ किलामीटर, रुकुम खण्डको ३१ किलामीटर तथा डोल्पा खण्डको ४१ किलामीटरमा २५ किलोमिटर ट्रयाक खुलेको छ, भने १६ किलोमीटर ट्रयाक खोल्न बा“की छ ।

डोल्पा खण्डको बजारे भीर, साङ्ले भीर, चिण्डे, ओडारे, करवगार लगायत २२ भीरको कडा चट्टान काट्न बा“की रहेको जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख सेनानी विश्व बन्धु पहाडीले बताए ।

सेनाले जाजरकोटको मनमई, तल्लु, रुकुमको मनकाबगर, डोल्पाको त्रिवेनी, खदाङ्ग लगायत ६ स्थानमा सुरक्षा बेस क्याम्प स्थापना गरेर सडक निर्माण कार्यलाई तीब्रता दिएको उनले बताए ।

चट्टान बाहेकका स्थानमा कच्ची कटान पुरा भैसकेको छ । सेनाले ८ बर्ष अघि सल्लीबजार देवस्थल–चौरजहारी, छिन्चु जाजरकोट सडकको निर्माण गरेको थियो । सडक निर्माणमा अहिलेसम्म ६० करोड बढी रकम खर्च भै सकेको सेनाले जनाएको छ ।