☰ open Loading... 23 December 2024|  

नेप्से परिसूचक घट्ने क्रम जारी
  | २३ श्रावण २०७३, आईतवार ०९:०६

धितोपत्र बजार ओरालो लाग्ने क्रम आज पनि रोकिएन । नेपाल स्टक एक्चेन्जका अनुसार दुई दिनको बिदापछि खुलेर बजारमा नेप्से परिसूचक ७।२६ अङ्कले घटेर एक हजार ७६१ बिन्दुमा कायम भएको छ ।

कुल १४१ कम्पनीको २१ लाख १६ हजार ३५४ कित्ता सेयर रु एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६७६ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ ।

अाइतबार चारवटा समूहको सेयर घटेको छ भने तीन समूहको सेयर भने बढेको छ, एक कम्पनीको सेयरमा भने कुनै परिवर्तन आएको छैन । होटल समूह ०.२, विकास बैंक ०.२२, फाइनान्स ०.०७ र अन्य समूह २.१८ प्रतिशतले सेयर कारोबारमा कमी आएको छ ।

यस्तै बैंक ०.४४, बिमा ०.६८, उत्पादन ३.२१ र जलविद्युत् समूहको सेयर भने स्थिर रहेको छ । धितोपत्र बजारमा कालो धनको चलखेल भइरहेको भन्दै चर्को आलोचना भएपछि बजार घट्ने क्रम सुरु भएको जनाइएको छ ।