☰ open Loading... 18 May 2024|  

सुनकाे मुल्य घट्याे
  | २३ श्रावण २०७३, आईतवार ०९:१८

साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ६ सय र चाँदी २० रुपैयाँ कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मूल्य घटेसँगै सुन आज प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार सुन ५९ हजार ५ सय पुगेको थियो।त्यस्तै शुक्रबार ९ सय १० रुपैयाँ पुगेको आज चाँदी ८ सय ९० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।