☰ open Loading... 26 April 2024|  

सवारी दुर्घटनाबाट मात्रै १२ जनाकाे मृत्यु
  | २५ श्रावण २०७३, मंगलवार १०:०६

गत वर्षमात्रै सुर्खेतमा ठुला साना गरी ५९ सवारी साधन दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर १२ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सडकमा हुने सवारी साधन दुर्घटना नियन्त्रणका लागि विभिन्न प्रकारका जनचेतना मुलक कार्यक्रम गरे पनि दुर्घटना हुने क्रम रोकिएको छैन् ।

विगतका वर्षभन्दा गत वर्ष धेरै सवारी दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा ४२ सवारी दुर्घटना भएका थिए । तर आर्थिक वर्ष २०७२÷०७३ मा ५९ वटा दुर्घटना भएका छन् । यो संख्या ०७१÷०७२ को तुलनामा गत आर्थिक वर्षमा १७ बढी हो । आर्थिक वर्ष २०७२÷०७३ मा सवारी दुर्घटना परी ३७ जना गम्भीर घाईते भएका छन् ।

यस्तै ७७ जना सामान्य घाईते भएको जिल्ला टा«फिक सुर्खेतले जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । ३२ मोटरसाइकल, ८ बस, ७ ट्याकटर, ६ ट्रक, ३ जीप र अन्यसवारी २ वटा दुर्घटना भएका छन् ।

तर अघिल्ला आर्थिक वर्षभन्दा २०७२÷०७३मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ४५ प्रतिशतले घटेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हर्कबहादुर रावलले जानकारी दिए । रावलका अनुसार १६ हजार ८ सय ६४ वटा सवारी साधनलाई कार्वाही गरएिको छ । कार्वाहीमा परेका सवारी साधनबाट मात्रै ५० लाख ९५ हजार ५ सय राजश्व संकलन भएको प्रमुख रावलको भनाई छ ।

मदिरा सेवन गरेर नियम विपरीत सडकमा सवारी साधन चलाउदा दुर्घटना हुने गरेको ट्राफिक प्रमुख रावलले बताए । सडक दुर्घटना नियन्त्रण गर्न ट्राफिक एक्लैले सम्भव नहुने भन्दै उनले नागरिकहरुको पनि साथ र सहयोग आवश्यक परेको उल्लेख गरे ।

उनले सडक राम्रो नहुनु, सवारी चलाउँदा लापरवाही गर्नु र पदैल यात्रीमा ट्राफिक ज्ञान नहुनेले बढी दुर्घटना भएको जानकारी दिए । पछिल्लो समय फोरलेन सडक निर्माणको क्रममा वीरेन्द्रनगरको सुब्बाकुनादेखी बाङ्गेसिमलसम्मको सडक खण्डमा सवारी साधन संचालन गर्न कठिनाई भएको ट्राफिक कार्यालय बताउँछ ।