☰ open Loading... 18 April 2024|  

हुनु छैन
  | २६ श्रावण २०७३, बुधबार ०२:०७

मलाई कसैको दास हुनु छैन,

सुशील कुँवर
सुशील कुँवर

कलंकित इतिहास हुनु छैन ।।
छाती भरी घृणा र ताप पालेर,
छोटो जीवन सत्यानास हुनु छैन ।।
जननी जन्मभूमी प्राण हो मेरो,
सुम्पेर उसलाई खास हुनु छैन ।।
नागरिकता र सीमाना बेचेर
तिमी जस्तै म बद्मास हुनु छैन ।।
बरु जल्दछु मुढा झैं दनदनी,
छेकिएको म प्रकाश हुनु छैन ।।
बग्दछ म भित्र पुर्खाकै रगत,
जिउँदै मरेको लाश हुनु छैन ।।
(लमजुङ स्थायी ठेगाना भएका लेखक कुंवर हाल, कतारमा हुनुहुन्छ ।)