जिल्लाका ग्रामिण क्षेत्रका जनताका लागि निर्माण गरिएका अधिकांश खानेपानी योजनाहरु बन्द भएका छन् । जनताका लागि सफा र सुरक्षित खानेपानी पुर्याउने उद्देश्यले निर्माण भएका अधिकांश योजनाहरु अहिले बन्द अवस्थामा छन् ।
जिल्लामा हाल सम्म ९ सय १० वटा खानेपानी योजना निर्माण सम्पन्न भएक छन । जसमा सम्पन्न भएका खानेपानी योजना मध्ये ४ सय २७ अर्थात ४८ प्रतिशत योजना बन्द अबस्थामा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।
४ सय १४ योजना अथार्त ४४ प्रतिशत जिर्ण आंक्षिंक अबस्थामा र ६९ वटा योजना अर्थात ८ प्रतिशत मात्र खानेपानी योजना संञ्चालनमा रहेको अध्यायनले देखाएको छ ।
अध्यायनबाट जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला विकास समिति , गाँउ विकास समिति र विभिन्न संघसस्था दातृ निकायहरुको आर्थिक सहयोगमा जिल्लाभर बनाईएका अधिकांश योजनाहरु बन्द भएको जनाएको छ ।
ती कार्यालयहरुबाट प्रत्येक वर्ष १० करोड बढी रकम खानेपानी योजना निर्माणमा खर्च गरी खानेपानी योजना संञ्चालन गरेता पनि योाजना सम्पन्न भएको १ बर्ष नपुग्दै बन्द हुने गरेको छ ।
समुदायको आपसी झगडा, जिल्लामा खानेपानी योजनाको गुरुयोजना तयार नहुनु, संरचनाहरु गुणस्तरीय नवन्नु, समुदायहरुले योजनाको आबश्यक मर्मतसंम्भारमा ध्यान नदिनु र पहुँचको भरमा प्रत्येक बर्ष गाँउमा योजना थुपार्दै लैजाने कार्यले निमार्ण भएका योजनाहरु धमाधम बन्द भईरहेको जनाईएको छ ।
दैलेख जिल्लामा कुल ९१० वटा खानेपानी योजनाहरु रहेका छन त्यस मध्ये ८ प्रतिशत मात्र खानेपानी योजना सन्चालनमा रहेका छन ४४ प्रतिशत खानेपानी योजना आंक्षिंक चलेको र ४८ प्रतिशत बन्द भएको जिल्लाको खानेपानी योजनाको अध्यायन गरेका एसएनभी नेपाल एभरेष्ट क्लवका जिल्ला संयोजक कमल खड्काले बताए ।
एसएनभी नेपालको आर्थिक सहयोगमा जिल्लाको खानेपानी अवस्थाबारे २ महिना अध्यायन गरिएको थियो । जिल्लामा कुल २५ प्रतिशत योजना डुब्लीकेशन हुने नेताको पहुँचमा रातो कितावमा चढाएर गाँउमा आएको खड्काले बताए ।
जिल्लाका कुल ४८ हजार ९ सय १९ घर मध्ये ४२ हजार ७ सय १५ घरधुरीले ( ८१ प्रतिशत ) खानेपानीको पहुँच पुगेको तथ्याङ्कले देखाएको छ । कागजी प्रक्रियामा ८१ प्रतिशतलाई खानेपानीको पहुँच देखाएपनि ग्रामिण भेगमा बसोवास गर्ने समुदायहरु खानेपानीको अभावमा फेरी पुरानै ढुड्डे धारामा पानीका लागी कष्ट पाएका छन ।
गाँउघरमा बनाईने खानेपानी योजनाहरुको समुदायहरुलाई दिगोपनावारे जनचेतना, आबश्यक मर्मत सम्भार कोषको स्थापना र मर्मत संम्भार कार्यकर्ता परिचालनबारे जानकारी गरेको पाईदैन । कतिपय स्थानहरुमा पहुँचका भरमा योजना बनाउदा गुणस्तरीय निर्माण पनि भएका छैनन ।