☰ open Loading... 22 October 2024|  

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियू निवार्चन १३ गते हुने
  | ५ भाद्र २०७३, आईतवार १५:५८

भदौ ८ गते हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियू निर्वाचनको मिति सारिएको छ । मनोनय दर्ताको अन्तिम दिन आएर विश्वविद्यालयले निर्वाचन १३ गते निर्णय गरेको हो ।

so
स्व.वि.यू. निर्वाचन ८ गते तोकिए पनि सम्पूर्ण विद्यार्थी सङ्गठनहरूको उत्साहपूर्ण सहभागितामा निर्वाचन सम्पन्न गर्न केही समय थप गर्नु आवश्यक देखिएकाले मिति सारेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

आईतबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा वसेको कार्यकारी परिषद्को बैठकले भाद्र १३ गते स्व.वि.यू. निर्वाचन गर्ने गरी मिति परिवर्तन गरेको सूचना अधिकारी खड्काले बताए । साथै विद्यार्थी भर्ना बाहेक अन्य निर्वाचनका कार्यक्रमहरू निर्वाचन समितिले हेरफेर गर्न सक्ने परिषद्ले निर्णय गरेको छ ।