☰ open Loading... 19 April 2024|  

दैलेखकाे निगरानी सीसी क्यामराले गर्ने
  | ६ भाद्र २०७३, सोमबार १२:१६

जिल्ला प्रहरी कार्यालय दैलेखको पहलमा सदरमुकाम सहित जिल्लाका मुख्य भागमा सिसि क्यामराबाट सुरक्षा दिईने भएको छ । जिल्ला प्रहरी प्रमुख (डिएसपी) विरबहादर ओलीको अग्रसरतामा जिल्लाका सुरक्षाका लागि सरोकारवालाहरुको सहयोगमा सिसि क्यामरा जडान गरिने भएको हो ।

 Dailekh-Bazar
सातादिन भित्रै सदरमुकामका मुख्यमुख्य चौक सहित जिल्ला प्रवेश गर्ने दुई स्थानमा सिसि क्यामरा जडान गरिने जनाईएको छ । जिल्लाको सुरक्षा अवस्था नियान्न यस प्रविधिले सहयोग गर्ने दावी गरिएको छ ।

सदरमुकामसहित जिल्लाका केही भाग सातादिनभित्रै सिसि क्यामेराको सुरक्षा भित्र रहने (डिएसपी) वीरबहादुर ओलीले जानकारी दिएका छन् । उनका अनुसार सदरमुकामका ८ मुख्य चौक र चुप्रा र गुँरासे सहित १० स्थानमा सिसि क्यामरा जोडिनेछ ।

प्रहरीका अनुसार सदरमुकामका वसपार्क काँडाचौर, गणेश चौक, त्रिभुवन उमावि अगाडी, डेकेन्द्र चौक, देवकोटा चौक, लोकतान्तिक चौक, पुरानो कारागार र दुई खम्वा गरी सदरमुकाममा ८ स्थानमा क्यामरा जडान गरीने छ ।

त्यस्तै नारायण नगरपालिका प्रवेशद्धार चुप्रा, र दैलेख प्रवेश गर्ने मुख्य स्थान दैलेखसुर्खेत सिमाना गुँरासेमा पनि क्यामरा जडान गरिनेछ । दैलेख उद्योग बाणिज्य संघले क्यामराको हेरचाह तथा आर्थिक संकलन लिने गरी नेतृत्व लिएको छ ।

जिल्ला बिकास समिति, नारायण नगरपालिका, गैरसरकारी संस्था महासंघ, निर्माण व्यवसायि संघ, सुनचाँदी व्यवसायि संघ, सोसेक, एभरेष्ट क्लव, वन महासंघ लगायतले क्यामरा खरिदका लागि सहयोग गरेका छन् ।

१० स्थानका लागि क्यामरा, व्याकअप, बत्ती लगायतका सामानहरु खरिदका लागि १४ लाख खर्च लाग्ने जनाईएको छ ।दैलेख प्रहरी प्रमुख ओलीले जिल्लामा आएदेखी नै क्यामरा जडानका लागि सरोकारवालासंग समन्वय गरेकै कारण अहिले सिसि क्यामराले निगरानी राख्ने अवस्था आएको सोसेकका संस्थापन अध्यक्ष हिरासिह थापाले बताए ।

प्रहरीका अनुसार सदरमुकामभित्र हुने चोरीका घटनाहरु, लुटपाट, सवारी दुर्घटना, महिला हिंसा, बालअधिकार हनन् लगायतका बिभिन्न घटनाहरु निहाल्न र न्यूनिकरण गर्न क्यामराले सहयोग पुराउने छ ।