☰ open Loading... 14 November 2019|   बिहिबार, कार्तिक २८, २०७६

घुम्न जाउँ ‘कुईया ताल’

  |

जैविक विविधताले भरिपूर्ण दैलेखको लाकुरी गाउँ विकास समिती वार्ड न ६ मा रहेको कुईया ताल पर्यटकिय हिसाबले भरिपूर्ण ताल हो । तालका माथी तिर अग्ला लेकहरु फेदमा पर्ने कुइया ताल, मुलको पानी जम्मा भएर बनेको यो ताल २०४६ सालमा स्थानिय बासिन्दाहरुले निमार्ण गरेको मानव निर्मित ताल हो ।

kuya tal

वरिपरि घना जङ्गलको बीचमा रहेको सुन्दर कुइया तालको एक छेउबाट हेर्दा निक्कै मनमोहक दृश्य हेर्न सकिन्छ । सुन्दर कुइया हेर्न चाहनेहरुका लागि पर्यटकहरुको आर्कषण केन्द्र हुन सक्ने सुन्दर कुइयामा एक पटक पुग्नै पर्ने ठाँउ हो ।

बेलापाटा गाविसको चुप्रा बजार देखी उकालो चढेर लाँकुरी गाविसको देउली बजार बाट २ घण्टाको पैदल यात्रा गरि कुइया पुगेपछि एकछिन त सुन्दताले मननै स्तब्ध हुन्छ । आहा क्या राम्रो कुइया ताल । सवैको मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ ।

यस तालमा गर्र्मी समयमा सितलताको आशा गर्दै सयौ मानिसहरुको घुईचो लाग्ने गर्दछ भने परिचयका आधारमा स्थानिय स्तरका तथा वाह्यस्तरका पर्यटकहरु पनि समय समयमा आउने गर्दछन ।

प्राकृतिक रूपमा बनेको यो ताललाई पछी स्थानिय बासिहरुले मर्मत गरि आकर्षित पारेका छन । तालमा कुनै पनि मानवीय क्रियाकलाप नभएमा जस्तोसुकै खडेरीमा पनि पानी नसुक्ने स्थानीयवासीहरु बताउँछन ।

यो तालबाट बगेको पानीले लाँकुरी गाविस का वार्ड न ५, ६ र आसपासका गाँउका किसानहरुले सिँचाइ गर्दै आएका छन । तालको वरिपरी जैविक विविधताको संरक्षण गरेर पर्यटकीय क्षेत्र बनाउन सकेमा चारैतिर जङ्गलले घेरेको दैलेखको गाउँ उमको पनि विकास हुनेमा शङ्कै छैन ।

यसतर्फ स्थानीय स्तरमा रहेको समुदायले पनि त्यति कै भूमिका खेल्नुपर्दछ भने सम्बन्धित निकायले पनि यस तालको संरक्षणका लागि ध्यान दिनुपर्ने देखिन्छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ ७, २०७३     8:06:39 AM
error: Content is protected !!