☰ open Loading... 26 July 2024|  

स्व.पत्रकार शाहीका सन्ततिलाई ५० हजार हस्तान्तरण
  | ६ भाद्र २०७३, सोमबार १७:२३

नेपाल पत्रकार महासंघले विभिन्न दुर्घटनामा मृत्यु भएका पत्रकारका सन्तानहरुको सहयोगका लागि पत्रकार सन्तति वृत्ति जाजरकोटवाट सुरु गरेको छ । डेढ वर्ष अघि मृत्यु भएका जाजरकोटका पत्रकार वीरवहादुर शाहीकी श्रीमति सरस्वती शाहीलाइ ५० हजार नगद सहयोग दिदै पत्रकार सन्तति वृत्तिको सुरुवात गरिएको हो ।

मंगलवार नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले आयोजना गरेको एक कार्यक्रममा २०७१ माघ १९ गते निधन भएका जाजरकोटका पत्रकार शाहीकी श्रीमति सरस्वतीलाइ कोषाध्यक्ष गौतमले ५० हजारको चेक रकम हस्तान्तरण गर्दै पत्रकार सन्तति वृत्तिको सुरुवात गरेका हुन् । पत्रकार शाहीको डेढ वर्ष अघि आफनै गाउँ नायकवाडामा वाटोमा रुख ढलेर ज्यान गएको थियो ।

महासंघको आन्तरिक कोषवाट सन्चालन हुने उक्त सन्तति वृत्ति यस वर्ष देखि निरन्तर रुपमा चल्ने र यसका लागि महासंघले छुटटै कोष निर्माणको काम सुरु गरिसकेको कोषाध्यक्ष गौतमले वताए ।

महासंघका साधारण सदस्यहरुको सदस्यता र नवीकरण शुल्कवाट प्राप्त रकमवाटै पत्रकार सन्तति वृत्ति सुरु गरिएको गौतमले वताए । सन्तति वृत्ति हस्तान्तरण कार्यक्रममा वोल्ने वक्ताहरुले नेपालमा सवैभन्दा वढी पिडित पत्रकार भएपनि सरकारले प्रयाप्त सहयोग गर्न नसकेको वताएका थिए ।

नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसीले महासंघको सन्तति वृत्तिले पत्रकारका पिडित परिवारलाइ ठुलो सहयोग मिलेको वताए । अध्यक्ष केसीले जिल्लामा पत्रकारहरुले धेरै समस्याहरु भोग्नु परेको वताउदै जाजरकोट शाखाले पनि जिल्लाका पत्रकारहरुका लागि विशेष योजनाका साथ काम गरिरहेको वताए ।

jkt
कार्यक्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसी, प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष वीरवहादुर गिरी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, स्थानीय विकास अधिकारी इन्द्र गौतम, काँग्रेस सचिव भुमिलाल सिंह, नयाँ शक्ति नेपालक संयोजक प्रशान्त शर्मा, नेकपा माओवादी केन्द्रका प्रताप जैसी, एमालेका नवेन्द्र नेपाली प्रेस सेन्टर नेपाल जाजरकोटका अध्यक्ष हेमन्त केसी लगाएतले पत्रकारको पेशागत एवम भौतिक सुरक्षाको ग्यारेन्टी हुनु पर्ने धारणा राखेका थिए ।

उनीहरुले दुर्गममा रहेर काम गर्ने पत्रकारहरु सवै भन्दा वढी पिडित भएकोले यस वारे सम्वन्धित मिडिया र सरोकारवालाले ध्यान दिनु पर्ने उनीहरुको सुझाव थियो ।

मृतक पत्रकारका सन्तानको पालनपोषण तथा शिक्षा दीक्षामा सहयोग गर्ने उद्देस्यले महासंघले यसै वर्ष देखि उक्त सन्तति वृत्ति सुरुवात गरेको उनले वताए ।

यस अघि गत वर्ष मृतक शाहीको परिवारलाइ पत्रकारमहासंघ केन्द्रिय समितिले १५ हजार, जाजरकोट शाखाले १५ हजार, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसीले ५ हजार र अमेरीकामा वस्ने नेपाली विना वोगटीले २५ हजार रुपैया सहयोग गरेका छन् । विनाले शाहीका छोराहरुको १० कक्षा सम्मको पढाइ खर्च वेहोरिदिने भएकी छिन् ।