सवैका लेखिए । नखोजिएको ईतिहासको यउटा पाटोको खोजि हो यो । बि स १८४८ कार्तिकमा बिलासपुर राज्य एकिकरण भएको थियो र नेपाल एकिकरणपश्चात् दैलेखको तात्कालिक सामाजिक परिबेशमा पनि ठुलो परिवर्तन भएको देखिन्छ ।
बहादुर शाहाको पश्चिम बिजय अभियानअन्तरगत विलासपुर राज्य एकिकरण भए पश्चात गोरखाली सेनाका बिभिन्न पदिक,अधिकारी तथा अन्य कर्मचारीहरु दैलेखमै स्थायी बसोवास गर्न थाले ।
उनिहरुले दैलेखको डाँडोमा व्यवस्थित बस्तीको शुरुवात गरे । यसै सिलसिलामा हालको बज्रभैरव मन्दिरदेखि बटुक भैरव मन्दिर सम्मको यो क्षेत्रमा सुनारहरु,बटुक भैरव मन्दिरदेखि नारायण मन्दिर सम्मको क्षेत्रमा नेवारहरु ,नारायणमन्दिरबाट पुरानो कारागार(झालखाना) सम्म र कोतगढिको पूवी दमाईहरु,पुरानो कारागार देखि भगवती मन्दिरसम्मको भागमो कसाईहरु,भगवती मन्दिर देखि माथिको डाँडा(बारुदथान गडि) क्षेत्रमा कामी,भगवती मन्दिर देखि पश्चिमको भागमो ढाँग्रे(गन्धर्व) समुदायको बसोबास बसाईएको थियो ।
बज्रभैरव मन्दिर देखि उत्तर तिर हालको अदालत देखि टुडिखेल धाराको भूभाग बादी समुदाय, टुडिखेल धारादेखि पश्चिम –हालको कुसाडा गाँउमा चुरट्टाहरुको बसोबास बसाईएको थियो । यसरी याहाँ बसोबास गर्ने हरुमा काँस्की,स्याङजा,बागलुङ,तनह लगाएतका गण्डक क्षेत्रबाट आएको देखिन्छ तसर्थ संस्कृतिमा बिभिधता पाईन्छ ।
मानिसहरुको बसाईसराईको क्रम संगै कला,संस्कृतिहरु पनि परिस्कृृत हुँदै आयो । उनिहरुका चाडपर्वहरु पनि बिस्तारै स्थापित हुदै गयो । आ आप्mना रितिरिवाज परम्परा अनुरुप मनाउदै आएको चाडपर्व,रितितिथी पनि स्थापित हुँदै गयो । त्यसै चाडपर्वहरु मध्य सवैभन्दा लामो समय चल्ने र लोकप्रिय मेला हो बर्षे मेला ।
खस मल्ल साम्राज्यकालमा प्रचलित राउटे नाच,हुड्के,ख्याली,पंचेबाजा,ढालकी,मयूर,मारुनी,सोरठी,लहरे पैसरी जस्ता सस्कृतीहरु हालसम्म पनि समाजमा संरक्षीत रहेको छ ।
दैलेख बजार क्षेत्रमा भने काठमाण्डौ,ललितपूर,भत्तपुर लगाएत गण्डक क्षेत्रबाट बसोवास गरेर आएका समुदाय समुदायहरुको बिचमा बर्षे मेला –लाखे नाच,गाईजात्रा,घण्टाकर्ण,रोपाईजात्रा,टाकटुके जात्रा,कृष्ण जन्माष्ठमी जस्ता मेला पर्वहरु लोकप्रिय रहेको छन् ।
बर्षे मेला
दैलख बजारमा प्रचलित बर्षेमेलाको सन्दभमा बिभिन्न तर्कहरु रहेको पाईन्छ । सवै भन्दा उपयुक्त तर्क अनुसार दैलेख बजारमा रहेको करिव ७० वटा घरधुरीहरुले प्रत्येक बर्षातको हरिसियानी एकादशीदेखि हरिबोधनी एकादशिसम्म जात्रा(मेला) आयोजना गरे बाफत घरजग्गा कर मिनाह हुने तात्कालिक सरकारी व्यवस्था रहेको हुनले बर्षे मेलाको बाध्यताकी अवस्थाका कारण हालसम्म पनि निरन्तरता हुन गएको हो भन्ने भनाई छ ।
त्यस बेला सिँगारिन नचाहने कसाईहरुलाई दण्ड जरिमाना गर्ने गरिन्थ्यो । बजारभरि परिक्रमा गरिसकेपछि बडाहाकीम अर्थात हालको प्रशासन कार्यालय भएको भवन गौडा दरबारमा लगेर नाच्नु पथ्र्यो र बर्षेमेलाको बिधिवत त्यहि लगेरनै समापन गरिन्थ्यो । तात्कालिन माओबादी जनयुद्धल चरम उत्कर्समा पुगेको कारणले असुरक्षा देखाउदै गौडा दरबारले नमानेपछि मेलाको समापन अन्यत्र सर्यो ।
युगौको परम्परा टुङगीयो । यो क्रम बि स २०५९ साल सम्म निरन्तर रह्यो । हाजकल मेला संचालन गर्नै न्यू ज्वाला क्लव पुरानो बजार र भगवती यूवा क्लव,भगवती टोलले स्थानिय खुल्ला मंच टुडिखेलमा मेला समापन गर्ने गरेका छन भने एभरेष्ट क्लव नयाँ बजार र सुनगाभा यूवा क्लवले भने छात्राबासको मैदान प्रयोग गर्ने गरेका छन् ।
बर्षे खेती लगाइसकेपछि साउन महिनाको पहिलो दिन अर्थात कर्कटसङक्रान्तिका दिन सार्वजतिक मेला आयोजना गरिन्थ्यो । यस दिनदेखि सूर्य दक्षिणतिर सर्दै उदाउने र मकरसङ्क्रान्तिदेखि दक्षिणायन प्रारम्भ हुन्छ । बर्षतको समयमा हिलो मेलोमै समय बित्ने भएकाले खेती पक्ने समयमा फुर्सदको समयमा हिलोमैलो पखालेर गाँउभरिका सवै एकै ठाँउमा जम्मा हुने कुस्ती खेल्ने,कपड्डी खेल्ने र बर्षतको दुख कस्टर्ला बिर्साएर मनोरञ्जन लिने गरिन्थ्यो ।
सर्स संगै बिभिन्न रंग मिसाईएको कमेरोको घोलहरु बनाएर भाडाहरुमा राखिन्थ्यो र स्थानिय यूवाहरुमा दुबै हात पछाडि बाँघेर उक्त घोलमा अनुहार डुवाएर मुखले पैसा पिधबाट जस्ले झिकेर ल्यउन सक्थ्यो उसैलाई बक्सीस दिईन्थ्यो । यसरी रंगको घोलमा टाउको चोपेर निकाले पछि बिभित किसीमको अनुहारहरुलाई हेर्देै एक ले अर्काेलाई जिस्काउदै रमाईले गर्ने प्रचलन थियो जस्लाई स्थानिय भाषामा लोकन्थलीको मेला भन्ने प्रचलन थियो ।
बर्षातमा खेतिपातीको क्रममा हिलो मैलो संग खेलिने भएकोले धार्मिक परम्परा अनुरुप मन्त्र जपेर जलिरहेको अगूल्टोसंगै लुतो फाल्ने चलन रहेको थियो । यो प्रचलन अझै पनि कायमै छ ।
सुरुवत
श्रावणकृष्ण चतुदर्शीको दिनलाई घण्टाकर्ण चतुर्दशीको रुपमा मनाउने गरिन्छ । सडक चौवाटोमा हरिया नरकटका बोटहरुको ठुलठुला मुठा बनाएर तिनखुट्टे मानवाकृतिको रुपमा खडा गरिएको घण्टाशुरको प्रतिकमा छोरीहरुले मान्छेहरुको कपडाको कलात्मक पुतली बनाएर झुन्डाउने गर्दछन ।
साँझपख घण्टाशुरको मुखाकृति बनाएर घण्टाशुरको शिरोभागमा राखिन्छ त्यसपछि कुनै एक जना मानिसलाई कट्टुमात्र लगाई घण्टाशुरको सन्तान बनाई आफ्नो जिजुबाजे घण्टाशुरको काजक्रिया गर्नकालगि भनी नगर भरि पैसा माग्न लगाईन्छ ।
घरभित्रको बिकार तत्वलाई बडारेर घण्टाशुरको खुट्टामा लगेर फालिन्छ र भुतप्रेत,खराव तत्व पुनः घरमा फर्केर नआओस भनेर दैले यो आँगनमा तिन वटा फलामको किला ठोकिन्छ । उक्त घण्टाशुरको शवलाई नगर परिक्रमा गराई पुत्लालाई दागबत्ति दिएपछि नदिमा बगाउने गरिन्छ ।
देवताको नाम सुन्न समेत नचाहने र दुवै कानमा घण्ट झुन्डाएर घण्ट बजाउदै हिड्ने भएको कारणले घण्टाशुर नाम रहने गएको हो । नरभक्षी घण्टाशुर जव नगर बस्तीमा पस्थ्यो हाँहाँकार मचिन्थ्यो । त्यसै क्रममा एकदिन घण्टाकर्ण बाटो बिर्सीएर अर्काे बाटोलागेछ र भ्यागुतोलाई बाटो सोध्न पुगेछ भ्यागुतो बाठो थियो उस्ले बाटो देखिाएको बाटो दलदले थियो ।
त्यहि बाटो हिड्दै जाँदा दलदलमा फसेको घण्टाकर्णलाई नगर बासीहरुले ढुङगालेहानेर मारेको लोक कथा काठमाण्डौमा प्रचलित छ । त्यसै अनुरुप नरभक्षी घण्टाकर्णको मुर्ति बनाएर चौवाटोमा राखेर बिधिवत दाहसंस्कार गरे सवै दुःख कष्टहरुको नाश हुने मान्यता रहिआएको छ ।
यद्यपी समयान्तरमा यो पर्वको एैतिहासीकता करिव करिव लोपउन्मूख रहेको छ । बिकृति हावी हुदै गएको छ । यस तर्र्फ सवै सचेत हुन जरुरी छ ।
१,जनै पूर्णीमा
हिन्दुहरुको पवित्र पर्वहरुमध्ये जनै पूर्णिमाको छुट्टै महत्व रहेको छ । यस पर्वका दिन श्रवण नक्षत्र र पूर्णिमा पर्ने भएकाले श्रावणीपूर्णिमा,यज्ञोपवति(जनै) धारण गर्नुुपर्ने भएकोले जनै पूर्णिमा,सप्तऋषिहरु –कश्यप,अत्रि,भारद्वाज,बिश्वमित्र,गौतम,जमदग्नि र बशिष्ट) लाई तर्पण दान गर्नुपर्ने भएकोले रक्षाको लागि हातमा जनै बाधिने भएकाले रक्षा बन्धन पनि भनिन्छ ।
यसै दिनमा क्वाँटि बनाएर खाने चलन छ जस्ले बर्षातको खेतिपातीको समयमा सरिरमा पसेबो चिसो हटाउछ भन्ने मान्यता रहेको छ । यस दिन टाकटुके जात्रामा डोकोमा बाँसको लामो चोया बाँधिन्छ, लामो जिउ भएको बाँसको टुप्पोमा चवँर बाधिन्छ मकुन्डो,कपडा लगाएर मानवकृति बनाईन्छ ।
चारवटा सारि चार दिशामा बाधिन्छ र सारीको फेरो समाएर बिभिन्न आर्कषक पोशाकमा सजिएका यूवाहरुले ए बजै तिम्रो घरमा के के पाक्या छ, हामीलाई नि देउन मिठो लाग्या छ भन्ने बाँसुरीको तालमा नाचेर लौरी एक आपसमा ठोकिन्छ । यूवा तथा वालबालिकाहरु सिंगारिने कोहि गाई हुने,गोठालो हुने लगाएतको अभिनयको माध्यामले लोक जिवनको झल्को दिने प्रचलन रहेको छ ।
२,दोस्रोदिन गाईजात्रा
श्रावणपूर्णिमाको भोलिपल्ट अर्थात भाद्रकृष्ण प्रतिपदाको दिनलाई गाईजात्रा पर्वको रुपमा मनाउने गरी नेपाली पात्रोहरुमा उल्लेख गरिएको हुन्छ । गाईको पुच्छर समातेर बैतर्णी तरिन्छ र मोक्षा प्रप्त हुन्छ भन्ने हिन्दु मान्यताअनुरुप गाईजात्रा मनाउने प्रचलन रहेको छ ।
बिगत एक वर्ष भित्र मृत्यु भएकाहरुले आप्mना पृतीहरुको सम्झनामा गाईजात्रामा सिँगारिएको अर्थात गाई,गोठाला बनेकाहरुलाई खिर,दही,केरा लगायतको फलफुल,दक्षीणा प्रदान गर्ने र आफ्ना मृतकको सम्झना र आत्माको शान्तिको कामना गरिन्छ ।
काठमाण्डौमा बिफररोगको महामारी फैलिएर राजा प्रताप मल्लको छोरा सहित धेरै बालबालिकाको ज्यान गयो । जनताको छोरा सहित आप्mना राजकुमारको पनि निधन भएपछि महारानी ठुलो पिरमा परेकी थिईन ।
छोरो मरेको भए जोगी र छोरी मरेका भए गाई बनाएर नगर परिक्रमा गर्ने र शोकाकुल रानीलाई व्यङग्य गरेर भएपनि हसाउने प्रयास गर्ने भनि उर्दी जारी भयो । तत अनुरुप सवै सामेल भए र बिभित हाँसो व्यङग्य प्रस्तुत गरि महारानीलाई थामी नसक्नुुको हाँसो लर्गाएरनै छाडियो र बिस्तारै शोकबाट बाहिर आईन ।
र यो परम्परा ६३० बर्ष पहिले देखि हालसम्म पनि निरन्तर मनाउदै आईएको छ । समयानुसार यो जात्रामा समसामायिक राजनिति,साहित्य,व्यङग्य,सन्देश सवै थपिएको छ । अस्थित्व संकटमा छ ।
३,तेस्रो दिन रोपाई जात्रा
नेपाल कृर्षि प्रधान देश हो र अधिकाँस कृषकहरुको जिवनी खेति किसानीमा नै बित्छ । यो हाम्रो लोक जिवनको जिवन्त चित्रण गर्नेकाम बर्षेमेलाको रोपाई जात्रामा गरिन्छ । बिभिन्न रुपरंङगमा सिँगारिएर,सरदार,सरदार्नी(रानी)स्याकु, छाता ओडेर,धानको बिउ रोप्ने,हाली,रोपार,रोपार्नी,बाउसे,पन्चेवाजा बजाउदै रोपाईको बेलामा गाईले गित गाउदै सम्पूर्ण क्रियाकलापलाई अभिनयको माध्यामबाट प्रस्तुत गरिन्छ ।
४,चौथो दिन बाघ जात्रा
यस जात्रामा बाघ भालुको अभिनय गरेर जंगलको राजा बाघको सम्झना गरिन्छ । बाघ र भालुको भेषमा किसानले लगाएको मकै चोर्ने र मेला भर्न आउनेहरुको लाई थुकेर,तर्सायर सताउने गरिन्छ । बागभालुको आतंकबाट छुटकाराको लागि सिपाई लगाईन्छ र नियन्त्रणमा लिने प्रयास गरिन्छ ।
बाघको आतंक नियन्त्रण बाहिर जान्छ अन्ततः रानी माथिनै आक्रमण गरिन्छ र रानिलाइृ छुताटाएर ल्याउनको लागि राजालेनै बाघलाइृ मारेपछि रानिको ज्यान बचाउछन र आतंकी बाघको संत्रासबाट नागरिकले छुटकारा पाएको चरित्र चित्रण गर्ने गरिन्छ ।
५.पाँचौ दिन बैरागी जात्रा
बैरागी जात्रा अर्थात योगी(जोगी)जात्रा । कलाप्रेमीहरु गेरुवा,कपडा,दिगम्वर लगाएर चिम्टा त्रिशुल, अनि कमण्डलू भिरेर जोगीको भेषमा बजार परिक्रम गर्ने प्रचलन रहेको छ । यस मेलामा मानिसको गृहस्थाश्रमपछिको बनप्रस्थ र सन्यास जिवनको चित्रण गरिन्छ । पंचकोशी तिर्थस्थल र साक्षात अग्निरुपको ज्वाला क्षेत्रको जिल्ला भएको कारणले पनि यस पर्वलाई बिशेष महत्वको साथ हेर्ने गरिन्छ ।
६.छैटौ दिन राउटेजात्रा
दैलेख जिल्ला राउटे जातिको बसोवास भएको जिल्ला पनि हो । राउटेहरु आफुलाइृ जंगलको राजा भन्छन । राउटेहरुको मख्य व्यक्तिलाई मूखिया भन्ने प्रचलन उहिले पनि थियो र अहिले पनि छ । समाजमा बस्न नचाहने यो समुदाय समाज देखि टढा अर्थात जंगलमा अस्थायि छाप्रो बनाएर बसोबास गर्ने गर्छन ।
जंगलको कंदमूल,बाँदर,गूना लगाएको सिकार र आहार गर्ने यो समुदाय आप्mनो आफन्तीको मृत्यु पश्चात बसिरहेको स्थान छाडेर अर्काे जंगल तिर बसाई सार्छन । टुनी,सिमल,आँप,गूरास,चाँप अदिको काठबाट सन्दुख,कोशी,ठेकी,मदुश आदि सामाग्रीहरुको निर्माण गर्ने र स्थानीय बजारमा लगेर बेच्ने गर्दछन । यस्ता अस्थित्व संकटमा रहेको राउटे समुदायको दुर्लभ संस्कृति ,नाच,बाजा,ताल,शिकार कलालाई अभिनयको माध्यामबाट प्रस्तुत गर्दै मनाईन्छ ।
७,सातौ दिन श्रीकृष्ण जन्मेत्सव
महाभारतका मुख्य नायक यदुकुलको श्रीकृष्णको जन्म बासुदेव र देवकीको पुत्रका रुपमा मथुरास्थित कँसको कारागृहमा भएको थियो । कंश कृष्णको सहोदर मामा थिए ।
आप्mना बाबु महाराज उग्रसेनलाई बन्दी बनाई कंश मथुराका राजा बनेका थिए । अत्यन्त क्रुर,निर्दयी र तानाशाह राजा भएकाले बासुदेव र बेवकीका आठौ संतानबाट कंशको बिनास हुनेछ भन्ने आकाशबाणी पश्चात आप्mनो दिदी भिनाजु देवकी र बासुदेवलाई काराबासको कठोर सजाय दिय । जती संतान जन्मीदै गए उती मार्दै गयो ।
श्रावणकृष्ण सप्तमीको मध्यरातमा मथुराको कारागृहमा भगवान कृष्णको जन्म भएको त्यस रातलाई भगवनको जन्म भएकोहुनाले धार्मिक अनुष्ठानका साथ मनाईन्छ । यस रातमा न्यू ज्वाला क्लवले नारायण मन्दिर,भगवती यूवा क्लवले भगवती मन्दिर,एभरेष्ट क्लव र सुनगाभा यूवा क्लवले गणेश मन्दिरमा कृष्ण जन्माउने प्रचलन रहेको छ । भगवान कृष्णको भक्तजनहरुले उपवास बस्ने,भजनकृतन गर्ने,पुजा गरि मनाउने गरिन्छ ।
८.आठौ दिन जन्माष्ठमी,समापन
भगवन श्रीकृष्णको जम्मेको रातलाइृ सप्तमी र अर्काेदिनलाई अष्ठमी भनिन्छ । गोकुलका नन्दरायको घरमा सुन्दर बालकको जन्म भएको उतसाहमा गोकुलबासी सम्पूर्णले उत्सव मनाएको अवसरलाई कृष्ण अष्ठमीको उत्सव मानिन्छ । लाखे अर्थात कंशको प्रतिक र कृष्ण,बलराम रहितको कृष्णलिलालाई बजार भरि नृत्यको माध्यामबाट प्रस्तुत गरिन्छ ।
तेरो अन्याय र अत्याचारको घडा भरिसकेको छ,मृत्यु निश्चित छ, अव मर्न तयार हो भन्ने संकेत कृष्णले गर्छन भने भयो मलाई नमार,म तेरो मामा हो, मेरो प्राण दान गर भन्ने आशयको भावह्विल बनाउने खालको नृत्य प्रस्तुत गरेर कृष्णको मत बदल्ने प्रयत्न लाखेले गर्दछ । लाखेको अनुचर(भक्कु)ले आप्mनो मालिक अर्थात लाखेको प्राणको दान माग्ने र लड्न खोज्ने र भाग्ने,ज्यान जोगाउने अभिनय प्रस्तुत गरिन्छ ।
अर्काेतिर स्थानिय कृष्णजन्माईएको मन्दिरहरुबाट झिकिएको रथहरु र श्रधालुहरुले कृष्णभजनहरु गाउदै नाच्दै ,स्थानिय भगवती, नारायण, बटुक भैरव, बज्रभैरव, गणेश मन्दिरको परिक्रमा गरेर समापन स्थलहरुमा प्रवेश गराउछन । हजारौ दर्शकहरुको उपस्थितीमा परम्परा अनुसार कृष्णलिला प्रस्तुत गरिन्छ र अन्तमा कृष्णको तरवारबाट लाखेको मृतयु हुन्छ । लाखेको टाउकोलाई रथमा राखेर कृतन गर्दे पुःन मन्दिर परिक्रमा गरिन्छ ।
परिक्रमाकै क्रममा बर्षातमा लगाईएको खेती जस्तै मकेै,भट्ट जस्ता अन्य अनाज,फलहरुलाइृ न्वागी गढाउने प्रचलन रहेको छ । यसैका साथै बर्षेमेला अर्काे बर्ष सम्मकोलागि समापन हुने गर्छ । तसर्थ धार्मीक,आर्थिक,सामाजिक,सदभाव,सहकार्यको ज्वलन्त उदाहरण बन्दै बिदा हुन्छ ।