☰ open Loading... 24 November 2024|  

जुस पिउँदा ख्याल गर्नुस्, रियोमा भेटियो किरा
  | ९ भाद्र २०७३, बिहीबार १४:०९

गर्मीमा शीतलता र  शक्ति दुबै पाउने आशमा जूस खादा किरा खाईयो भने तपाई के गर्नुहुन्छ ? बुधबार नया बसपार्कमा यस्तै भएको छ ।

rio
स्वास्थ्यलाई लाभ पुर्याउने भनेर ब्यापक बिज्ञापन गरिने एक पेय पदार्थमा किरा भेटिएको छ । चौधरी ग्रुपद्वारा उत्पादित रियो नाम गरेको एक पेय पदार्थमा किरा भेटिएको हो ।
 rioo
गोंगबू , नयाबसपार्कको एक किराना स्टोर्सबाट रियो जूस किनेर खाएका मिलन लामाले किरा भेटेपछि अब कहिल्यै जूस नखाने भनेर कान समातेको  प्रत्यक्षदर्सी असोक भट्टले बताए । लामाले खरीद गरी खाएको रियोमा रस नआएपछि खोलेर हेर्दा किरा  भेटिएको थियो ।
एक महिना अगाडी मात्रको उत्पादन मिति भएको रियो जूसमा  नै किराए भेटिएपछि जूस पारखीहरुले  एक पटक सोच्नैपर्ने अवश्था भएको स्वयं किरा  भएको जूस बेच्ने बिक्रेता बताउछन । ननस्टप खबरसंग उनले भने ‘ हामीले उत्पादन मितिमा बिश्वास गर्ने हो , होलसेलर मार्फ़त उत्पादकलाइ कम्प्लेन गर्छौ । ‘
जूसमा किरा भेटिएको यो पहिलो घटना भने होइन ।  यो भन्दा अगाडी पनि पटक पटक यस्ता घटना सार्वजनिक भएका छन । उपभोक्ता सचेत नहुँदा कयौ घटना त सार्वजनिक नै हुन पाउदैनन ।
तस्वीर सौजन्य : अमृत बुढाक्षेत्री