☰ open Loading... 23 November 2024|  

कृष्ण मन्दिरमा पुजा आराधना
  | १० भाद्र २०७३, शुक्रबार १२:४३

भाद्र कृष्ण अष्टमी भगवान् श्रीकृष्णको जन्म जयन्तीको अवसरमा अछामका विभिन्न कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनले आज विहानैदेखी पुजा आराधना गरेका छन । श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजनहरुले व्रत लिएर मन्दिरमा पूजाआराधना गरि बर मागेर फर्किने गरेका हुन् ।
हरेक भाद्र अष्टमीमा श्रीकृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर सबैले पुजा आराधना गर्ने गर्दछन । द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रात जन्म भएको पौराणिक कथामा उल्लेख छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । अछाम जिल्लाकै प्रख्यात मानिएको बान्नीगढी मन्दिरमा गएर थुप्रै श्रद्धालु भक्तजनले दर्शन गरि वर मागेर फर्केका छन । आज बिहानै ५ बजे बाट व्रत वसि पानी पनि नखाएर आफुले लिएर पुजाको सामाग्री मन्दिरमा चढाएरका छन् ।

उता ढुगाचाल्ना गाबिस वडा नम्बर ५ मयाकाडामा रहेको कृष्ण मन्दिरमा पनि राधा कृष्णको पुजाआराधना गरिएको व्राह्मण नारायण उपाध्यायले जानकारी दिए । यस्तै मगलसेनमा रहेको धर्मेश्वर मन्दिरमा पनी पुजाआजा गरिएको छ । यस्तै भोली भदौ १० गते जिल्लाको मगलसेन, जयगढबजार, ठाँटीखाद बजार पायलको झाडबजार, धमाली, मेल्लेख, चौखुट्टे बजारमा भब्यताका साथ डोल जात्राका साथ मेला लाग्ने गर्दछ ।