☰ open Loading... 4 May 2024|  

त्रिशुलीमा बस खस्यो २१ को मृत्यु, १६ घाईते
  | १० भाद्र २०७३, शुक्रबार १०:११

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस नारायणगण–मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ–६ मा सडकबाट २ सय मिटर तल त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र २० जनाको घटनास्थलमै मृत्यु भएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले २० जनाको घटनास्थलममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिंदै मृतकहरुको पहिचान खुलिनसकेको बताए । मृत्यु हुनेमा २ जना महिला छन् ।

दुर्घटनामा परी १६ जना गम्भीर घाइते छन् । उनीहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना बिहान साढे ३ बजे भएको हो । चालक र सहचालकको अवस्थाबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।

त्रिशुलीमा भएको बस दुर्घटनामा वालवालिका समेत घाइते बनेका छन् । चितवन अस्पतालमा भर्ना भएका केही घाइतेहरुको विवरण प्राप्त भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका ९ जना घाइतेमा वालवालिका समेत छन् ।
अस्पतालमा ५ वर्षीया वालिका स्वेता गुप्ता र ९ वर्षकी निली साहलाई भर्ना गरिएको छ । त्यस्तै अर्का ५ वर्षका वालक प्रिन्स साह पनि अस्पतालमा भर्ना भएका छन् ।

अस्पताल भर्ना गरिएका दुई वर्षका एक शिशुको भने नाम नखुलेको छैन । त्यस्तै घाइते अवस्थामा अस्पताल भनाए गरिएकाहरुमा गौर नगरपालिका निवासी सुसन श्रीवास्तव र भारत घर भएका १८ वर्षका रोशन गुप्तासमेत छन् ।

धादिङ घर भएका गाडीका सहचालक ३० वर्षका राजन पाण्डे पनि घाइते अवस्थामा अस्पताल भर्ना भएका छन् । बस चालकको अवस्था भने खुलेको छैन ।

त्यस्तै पोखरा नगरपालिका बस्ने निमिका थापा पनि अस्पताल भर्ना भएकी छिन् । बारा निजगढका २८ वर्षका रोशन गुप्ता पनि चितवन मेडिकल कलेजमा भर्ना भएका छन् ।

रौतहटका ४० वर्षीया सन्देश साह र सर्लाहीका २५ वर्षीय अविनाश चौधरी चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत छन् ।

अहिलेसम्म १७ जना घाइते भनिए पनि अस्पतालमा ११ जनामात्रै ल्याइपुर्‍याइएको छ । चितवनका तीनवटा अस्पतालमा घाइतेलाई राखिएको छ । बिहान साढे ३ बजेतिर दुर्घटना भएको बताइएको छ ।

मृतकहरुको भने अहिलेसम्म सनाखत हुन सकेको छैन । प्रहरीले सनाखत प्रयास जारी राखेको छ ।