☰ open Loading... 25 November 2024|  

बिकृतीरहित गाविस घोषणा गर्न युवा जुटे
  | १० भाद्र २०७३, शुक्रबार १८:४९

सल्यान लेखपोखराका युवाहरु सामाजिक कार्यमा अग्रसर बन्न थालेका छन् । सामाजमा बिकृती बिसङगतीहरुले ब्यापकता पाउन थाले पछि ती युवाहरु अग्रसर बन्न थालेका हुन् ।

लेखपोखरा गाबिस वडा न ४ दियारगाउँका युबाहरुले शान्ती युबा नामक युबा क्लब स्थापना गरी सामाजिक कार्यमा अगाडी बढ्न थालेका हुन् । गाबिस भित्र जुवातास खेल्ने, मधेरापान सेबन गर्दै हिड्ने तथा भाडभैलो मच्चाउन थाले पछि आफूहरु एक जुट भएर लागेको क्लबका अध्यक्ष कौशल वलीले बताए ।

‘हाम्रो समाजलाई सभ्य समाज बनाउनको लागी यो अभियान सञ्चालन गरेका हौँ’ उनले भने । अभियान अन्र्तगत शुक्रबार ¥याली समेत निकालिएको छ । लेखपोख्रेली युवाहरुको सान, सभ्य र बिकृती रहित लेखपोखरा हाम्रो पहिचान भन्ने मुल नाराका साथ ¥याली निकालिएको हो ।

क्लबले गाबिस भित्रका सम्पूर्ण पसलहरुबाट तास संकलन गरेर जलाएको छ । पाखापानी, बागबजार, पोखरा, महानेटा लगायतका ठाउँ बाट तास संकलन गरेर जलाएको क्लबले जानकारी दिएको छ ।

क्लबले सञ्चालन गरेको कार्य सराहनिय भएको प्रतिक्रिया स्थानीयको छ । अभियानलाई साथ र सहयोग गर्ने प्रतिबद्धता स्थानीयले जनाएको क्लबका सचिब हिम राज वलीले जानकारी दिए ।