☰ open Loading... 22 October 2024|  

स्ववियू निर्वाचनमा ८६.४१ प्रतिशत मत खस्यो
  | १२ भाद्र २०७३, आईतवार १९:३४

देशमै पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान सएिको छ । आईतबार विहान ८ः३० बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ६ बजे सम्पन्न भएको हो ।

pp1
निर्वाचनमा एक हजार चार सय ८० मत खसेको विश्वविद्यलायका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । उनका अनुसार ८६.४१ प्रतिशत मत खसेको हो ।

विश्वविद्यालयमा कुल दुई हजार पाँचसय बढी विद्यार्थी अध्ययनरत छन् । यसमध्य एक हजार ६ सय ९३ जना मतदानमा सहभागीता जनाएका थिए । तर एक सय २० मत नखसेको अधिकारी खड्काले बताए ।

निर्वाचन समितिका अनुसार व्यवस्थापना संकायबाट पाँच सय ८६, मानविकि र शिक्षा संकायबाट चार सय ४४ र इन्जिनियरिङ, विज्ञान र शिक्षा शास्त्र संकायबाट चार सय ५० मत खसेको छ । १० पदका लागि प्रत्यक्षतर्फबाट ८ वटा विद्यार्थी संगठनका ६९ जनाले चुनावी मैदानमा उत्रिएका छन् ।

मिश्रित प्रणालीबाट भएको निर्वाचनमा प्रत्यक्षबाट ७ र बाँकी विद्यार्थी संघ संगठनले पाएको मतका आधारमा छनौट हुनेछ । मत गणना आज राती नै हुने वा सोमबार गर्ने भन्ने विषयमा विश्वविद्यालयमा ८ वटा विद्यार्थी संघ संगठन र निर्वाचन समिति विच छलफल जारी रहेको छ ।