मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्ववियु निर्वाचनको मत गणना कार्य अन्तिम चरणमा पुगेको छ । अखिल क्रान्तिकारीबाट अध्यक्ष पदका उम्मेदवार राजेन्द्र बुढाले मत च्यातेपछि रोकिएको मत गणना कार्य शुरु गर्ने तयारीमा जुटेको निर्वाचन समितिले जनाएको छ ।
मतगणना अघिको नतिजामा नेविसंघको वर्चश्व कायमै छ । अध्यक्ष, कोषाध्यक्ष र बाकी ७ सदस्यमा नेविसंघको प्यालन अग्रस्थानमा छ । तर सचिवमा भने अनेरास्ववियु अगाडी छ ।
अध्यक्ष, कोषाध्यक्ष र बाकी ७ सदस्यमा नेविसंघको प्यालन अग्रस्थानमा छ । तर सचिवमा भने अनेरास्ववियु अगाडी छ ।
कुल एक हजार ४८० मत मध्य झक्कबहादुर शाहीको ४८०, अखिल क्रान्तिकारीका राजेन्द्र बुढाको ४४० र अनेरास्ववियुका प्रभाप पोखरेल ३७८ मत छ ।
यस्तै सचिवमा अनेरास्वयवियुका भरतबहादुर शाही ५०५ मतले अगाडी छन् । उनका प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका रवि केशीको २८५ र नेविसंघका सन्तोषकुमार उपाध्यायको ४४५ मत छ ।
कोषाध्यक्षमा भने नेविसंघका शुशील भट्टराई ४५५ मतले अग्रस्थानमा छन् । उनका प्रतिद्धन्द्धी अनेरास्ववियुका अन आँकुराको ३७३ र अखिल क्रान्तिकारीका जानकी रेग्मीको २९६ मत छ ।
बाँकी ७ सदस्यहरुमा भने सवैभन्दा बढी मत नेविसंघका वर्षा केशीले ५१४ मत प्राप्त गरेकी छन् । अन्य सदस्यहरुमा पनि नेविसंघको अग्रता कायमै छ ।
यो पनि पढ्नुस् ।
यसरी च्यातिए स्ववियु मतगणना स्थलमा मतहरु