सफलताको कथा भाग-१
दैनिक ज्याला मनदुरीमै दिनहरु वेतित भैरहेका थिए । २०७२ वैशाख महिनामा गरीवी निवारण कार्यक्रम अन्तरगत यस संस्थाको सहजीकरणमा गठित प्रगतिशिल सामुदायिक संस्थामा आवद्ध भए ।
सामुदायिक संस्थाको आयआर्जन विकास उप–परियोजना निर्माणमा उनी पहिलो प्राथमिकताका साथ सामुदायिक संस्थाबाट छनौट हुन पुगे । उनले आफुले कुखुरा पालन गर्ने निर्णय गरे । गरीवी निवारण कोषबाट पहिलो किस्ता वापत उनले माग गरे अनुसारको रु ३५,०००। सामुदायिक संस्थबाट प्राप्त गरें ।
उक्त रकमबाट उनले ३०० कुखुरा पाले र पहिलो लटमा नै उनले लगानी बाहेक रु. २०, ०००। खुदनाफा गरे । कुखुराबाट राम्रो आम्दानी भएपछि उनले कुखुराको खोर ठुलो बनाई ५०० कुखुरा पालेका छन् ।
५०० कुखुराबाट कम्तीमा रु. ४०,०००। नाफा गर्ने लक्ष्य उनले लिएका छन् । दैनिकजसो उनका घरमा कुखुरा किन्न मान्छेको भिड नै हुने बताउंछन् । यसरी दैनिक कुखरा बेचेको पैसाबाट घरखर्च, सामुदायिक संस्थामा मासिक वचत लगायतमा खर्च गर्न पुग्ने हुंदा उनी एकदम खुसी भएको बताउंछन् ।
उनी भन्छन् “सबैभन्दाखुसी त श्रीमतीलाई मजदुरी गर्नुपर्ने बाध्यताबाटमुक्त गराएं ।” उनले रु. १,५०,०००। वार्षिक आम्दानी गर्ने लक्ष्य राखेका छन् ।
रावत थप्पछन् “बिरामले सताइरहेको र श्रीमतीको दुःख देखेर बांच्ने आशा मरिसकेको थिए कार्यक्रमले स्वरोजगार बनाई छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिन र परिवारलाई सधैँ खुसी राख्न पुनःजिउने आशापलाएको छ ।’
‘हौसला प्रदान गर्ने मेरो प्रगतिशिल सामुदायिक संस्था र सहयोगी संस्था स्याक नेपाललाई हृदयदेखि धन्यवाद दिन चाहन्छु’ उनले भने ।
१. नामःकालीबहादुर रावत
२. ठेगाना : साविक उत्तरगंगा गाविस वडा नं. ४ (हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. २०)
३. सामुदायिक संस्था : प्रगतिशिल सामुदायिक संस्था
४. परिवार : यस नयाँ गाउँमा सबैजसो मानिसको जग्गादर्ता छैन । साथै अधिकांश घर परिवारको आर्थिक अवस्था एकदमै कमजोर अनि दैनिक ज्याला मजदुरी गरी जिविको पार्जनगर्ने गर्दछन् । वुवा, आमा, श्रीमती, १ छोरा र १छोरी गरी जम्मा ६ जनाको परिवार रहेको छ ।
५. विगतको अवस्था : गरीवीको कारण ज्याला मजदुरी गर्न सुर्खेत आएका र मजदुरीबाट कमाएको केही रकमले ऐलानी जग्गा खरिद गरेका हुन् । जुम्लाबाट वसाइसराइ गरी वीरेन्द्रनगर २० मा आएका हुन् ।
६ जना परिवारलाई पाल्नका लागि गाउँमा मजदुरी गर्ने गर्थे भने पछि आफु पटक पटक विरामी पर्न थालेपछि श्रीमतीले मजदुरी गरी परिवार पाल्ने गर्थिन ।
६. हालको अवस्था : १ छोरा र १ छोरी कक्षा ७ र ४ मा अध्यनरत छन् । दिनहुं कुखुरा बिक्री भैरहने हुंदा घर खर्च चलाउन सजिलो भएको छ । कुखुराको मललाई खेतवारीमा प्रयोग गरेर उत्पादन बढउँदै गएका छन् ।
७. परिवर्तनको कारण : चरम गरीवी र अस्वस्थाका कारण मजदुरी गरी जीवननिर्वाह गर्न समस्या भैरहेको अवस्थामा विनाधितो सामुदायिक संस्थाबाट रकमलिई कुखुरा पालन व्यवसाय संचालन गरेका छन् ।