☰ open Loading... 23 December 2024|  

स्थानीय पुनर्संरचनामा रोल्पाका दल विभाजित
  | १५ भाद्र २०७३, बुधबार १४:३१

स्थानीय तह पुनर्संरचना अन्तरगर्त रोल्पा जिल्लालाई पाँच तहमा बिभाजन गने निर्णय गरिएको छ । राज्य पुनःसरचंन आयोगले रोल्पा जिल्लालाई एक नगरपालिका र ६ गाँउपालिका गरि सात तहमा बिभाजन गर्न प्रस्ताव गरेको थियो ।

जिल्लाका राजनितिक दलहरुको सहमतिमा एक नगरपालिका र ६ गाँउपालिका घटाएर पाँच स्थानीय तह प्रस्ताब गरिएको छ । रोल्पा जिल्ला प्राबिधिक सहयोग समिति र जिल्ला स्थित क्रियाशिल राजनितिक दलहरुले सातमा बिबाद भए पछि पाँच स्थानीय तह बनाउदा उपयुक्त हुने निस्र्कष निकाल्र्दै सहमतिमा हस्ताक्षर गरेका थिए ।

Rolpa-Map
जिल्लाका दलहरुको सहमतिमा पाँच स्थानीय तह बनाएको र अझै पनि सातमा छलफल गर्न सहमत भए एमाले पाटी तयार रहेको नेकपा एमाले रोल्पाका अध्यक्ष हरि प्रसाद घर्तीले बताए ।

बिबाद बढ्दै गएपछि सुल्झाउन यस्तो निर्नय गरेको स्रोतको भनाई छ । यो बिबाद सुल्झाउनकै लागि हो भने रोल्पाली जनताले संघियताको महसुस गर्न नसक्ने नेपाली काङग्रेस रोल्पाका लेखमणी डाँगीले बताउँछन् ।

रोल्पामा कम्तीमा पनि नौ स्थानीय तह बनाउनु पर्ने आफ्नो पाटीको धारणा रहेको उनको भनाई छ । नेपाली काङग्रेसका सभापति अमरसिंह पुनले पाँच स्थानीय तह बनाउने सहमति जनाए पनि नेता तथा कार्यक्रताहरु असन्तुष्ट हुँदा बिज्ञप्ती निकाल्न बाध्य भएको उल्लेख गरिएको छ ।

गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका दलहरुले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष ऋषिराम रोक्काले सहमतिमा हस्ताक्षर गरे पनि सख्या घटाएकोमा आफ्नो पाटीको आपति रहेको भन्दै प्रेस बिज्ञप्ती निकालेको जानकारी दिए । थोरै गाँउपालिका बनाउँदा भौगोलिक बिकटताको समस्या र धेरै बनाउदा स्थानीय श्रोत साधनको कमीको समस्या हुने भएकाले १० देखि ११ गाँउपालिका बनाउनु पर्ने बिज्ञप्तीमा उल्लेख छ ।

पाटीमा छलफल नगरेरै गरिएको निर्णय गलत भएको माओबादी केन्द्रका नेताहरुको आरोप छ । आयोगको म्यान्डेट बिपरित दलहरुले हस्तक्षेप गरेर जनताको भाबना नबुझेको मानबअधिकारकर्मी तथा पत्रकार खेम बुढाको बुझाई छ ।

माओबादी केन्द्र र काङग्रेसले निकालेको बिज्ञप्तीमा टिप्पणि गर्दै एमाले अध्यक्ष घर्तीले एक जिम्मेवार नेता तथा पाटीको तर्फबाट प्रतिनिधित्व गरेर गरेको निर्णय बिपरित निकालेको बिज्ञप्तीको केहि तुक नभएको बताउँदै आएका छन् ।

सात पठाउने कि पाँच पठाउने भन्नेमा अन्यौल्ता रहेको स्थानीय बिकास अधिकारी शुसिल बैध्यले बताएका छन् । दलहरुको सर्बसम्बतका आधारमा पाँच नै बठाउनु पर्ने उनको जोड छ ।

गाँउपालिकाको केन्द्र्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका दलहरुले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । यदि आफ्नो माग सनुवाई नगरे जिल्ला बिकास समिति र राजनितिक दलका जिल्ला पाटी कार्यालयमा ताला लगाउने कुल बहादुर के.सीले जानकारी दिए ।