☰ open Loading... 21 January 2025|  

राज्य मुकदर्शकबन्दा कभर्ड हल निर्माणमा सुर्खेती जागे
  | १७ भाद्र २०७३, शुक्रबार १७:२९

प्रदेश नम्बर ६ कै नमुना कभर्ड हल निर्माण गर्न सुर्खेती जागेका छन् । बारम्बार राज्यलाई भरपर्दो आर्थिक व्यवस्था गरिन दिन आग्रह गर्दा मुकदर्शक बनेपछि अन्तत स्रोत जुटाउन धार्मिक महोत्सव सञ्चालन गर्न लागिएको हो ।

bat 2
प्रदेश स्तरिय कभर्ड हल निर्माणमा महोत्सव संचालन गर्ने अन्तिम तयारीमा जिल्ला व्याटमिन्टन संघ जुटेको छ । सुविधा सम्पन्न कभर्ड हल निर्माणार्थ आगामी कार्तिक २५ गतेदेखि सुर्खेमा ‘मध्यपश्चिम धार्मिक महोत्सव २०७३’ संचालन गरिने भएको छ ।

bat
जिल्ला व्याटमिन्टन संघ सुर्खेतले निर्माण गर्न लागेको प्रदेशस्तरिय सुविधा सम्पन्न कभर्ड हलको स्केच ।

महोत्सवलाई सफल बनउान विभिन्न तयारी समेत अन्तिम अवस्थामा पुगेको छ । ‘स्वस्थ समाज र राष्ट्र शान्तिका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कार्तिक महिनामा धार्मिक महोत्सव गरिने जिल्ला व्याटमिन्टन संघले जनाएको छ ।

सुविधा सम्पन्न बहुउद्देश्यीय कभर्ड हल निर्माणार्थ आयोजित मध्यपश्चिम धार्मिक महोत्सव २०७३ को सचिवालय उद्घाटन र शान्तिकलश वितरण शुभारम्भ शुक्रबारदेखि शुरु भएको छ ।

कलश वितरण शुभारम्भमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले पहिलो कलश सदस्यता लिएको महोत्सव मूल समारोह समितिका महासचिव खिमलाल देवकोटाल जानकारी दिए ।

यसैबीच, बिहीबार मात्रै वीरेन्द्रनगरमा मोटरसाइकल ¥याली निकालिएको थियो । सुर्खेत रंगशालामा रहेको सेमी कभर्ड हलमा सचिवालय उद्घाटन र कलश वितरणको शुभारम्भ शुक्रबारदेखि गरिएको छ ।

महोत्सवमा कथा वाचक श्री गोविन्द शरण महाराजबाट हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा प्रदेश नम्बर ६ का सम्पूर्ण जिल्लाहरुमा गाडीबाट माइकिङ्ग गरेर प्रचार–प्रसारलाई व्यापक गरिने आयोजकले जनाएको छ ।

सुर्खेतका प्रत्येक विद्यालयहरुमा विभिन्न छलफल तथा अन्तरक्रिया गरी महोत्सव सफल बनाउन प्रचार गरिने आयोजकले जनाएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष श्रीधर पौड्यालले सुर्खेत जिल्ला मात्रै नभई समग्र प्रदेशको नै प्रतिष्ठाको अभियान भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेमात्रै महायज्ञ सफल हुने बताएका छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले खेल क्षेत्रको विकासका लागि जिल्ला ब्याडमिन्टन संघले गर्न लागेको महा–अभियानमा खेलकुद विकास समितिलले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राज्यले खेलको विकासका लागि केही गर्न नसकिरहेका बेला खेलाडिहरुको जागरुकताले हुन लागेको अभियानले राज्यलाई नै खेल क्षेत्रको विकासका लागि जिम्मेवार बन्न ध्यानाकर्षण गराउने विश्वास गिरीको छ ।

कथावाचक गोविन्द शरण महाराजका नीजि सचिव कोष खड्काले महायज्ञ अभियानबाट संलकन हुने रकमले अन्तर्राष्ट्रिय स्तरको खेलकुद आयोजना गर्न सकिने कभर्ड हल निर्माण गर्न आग्रह गरे ।

महोत्सव मूल समारोह समितिका महासचिव देवकोटाका अनुसार कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म वीरेन्द्रनगरमा हुने क्षत्रीय स्तरको धार्मिक महोत्सवमा करिब ५ करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।

ब्याटमिन्टनमा आकर्षण बढ्दै गएपनि सुर्खेतमा एउटा कभर्ड हल नहुँदा खेलाडीहरू ओझेलमा पर्ने गरेको देवकोटाको भनाई छ । तत्काल ब्याटमिन्टन खेलका लागि कभर्ड हल निर्माण गरिने भनिएपनि हल बहुउपयोगि हुने उनले बताए ।

ब्याटमिन्टनका साथै कभर्ड हलमा अन्य खेलदकुदको पनि प्रयोगात्मक प्रशिक्षण हुनेछ । नयाँ निर्माण हुने हलमा सभा सम्मेलन गर्र्नेदेखि भलिबल, बास्केटबल लगायतका इन्डोर खेल सञ्चालन गर्न सकिने कोर्ट निर्माण हुनेछ ।

साथै हलमा योग र प्रणायाम गर्ने सुविधा पनि कभर्ड हलमा हुने महासचिव देवकोटाले जानकारी दिए । कभर्ड निर्माणमा करिव २ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

महोत्सवमा प्रचारप्रसारका लागि पत्रकार महासंघका पूर्व अध्यक्ष श्रीधर पौड्यालको संयोजकत्वमा प्रचार–प्रसार समिति समेत शुक्रबार नै गठन गरिएको छ ।