☰ open Loading... 26 April 2024|  

मंगलगढी सहकारीले मनोमानी गरेको आरोप
  | १७ भाद्र २०७३, शुक्रबार १६:५३

वीरेन्द्रनगर नगरपालिका–१७ मा रहेको मंगलगढी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले मानोमानी गरेको आरोप संस्थाकै शेयर सदस्यहरुले लगाएका छन् । सहकारी संस्था संस्थापना भएको लामो समयसम्म आफू खुसी कर्मचारी नियुक्ती गर्ने, शेयर सदस्यलाई लाभांश वितरण नगर्ने जस्ता हर्कतहरु गरेको उनीहरुको आरोप छ ।

संस्था स्थापना भएको सात वर्ष वित्दा पनि शेयर लाभांश दिन नमानेको एक सदस्यले बताएका छन् । उनले पटक–पटक यसबारेमा संचालक समितिसंग सुनुवाई गर्नु पर्ने माग राख्दा पनि वास्था नगरेको दुखेसो पोखे ।

तर संस्थामा आवद्ध शेयर सदस्यहरुले भने हचुवाको भरमा कर्मचारी नियुक्ती गर्ने, एकलौटी निर्णय गर्ने, सदस्यका हित विपरित जस्ता कामहरु बारम्बार गर्ने गरेको बताएका छन् ।

‘संस्था सवैको साझा हो, हित विपरित काम गर्नु प¥यो नी ।’ एक शेयर सदस्यले भने,–‘यस्ता कुराहरु उठान गर्दा संस्था सञ्चालक समितिका पदाधिकारी कुनै मतलव राख्दैनन् ।’ उनका अनुसार सञ्चालक समितिका पदाधिकारीले मनोमानी गरेको उजूरी केही समय अघि अख्तियार र सहकारी डिभिजन कार्यालयमा दिँदा समेत सुनावाई गरेको छैन् ।

स्वरोजगार कोषको पहिलो किस्ताको रकम पदाधिकारीले तीन महिना रकम खेलाएर पछि मात्रै लगानी गरेको जानकारी दिएको आरोप ती शेयर सदस्यहरु बताउँछन् । साथै, संस्थाको आर्थिक र प्रशासनिक नियमावली नबनाएको पनि बताएका छन् ।

बारम्बार डिभिजन सहकारी र अख्तियारको दैलोमा पुग्दा समेत न्याय नपाएको गुनासो ति शेयर सदस्यहरुको छ । संस्थामा ४० प्रतिशत शेयर सदस्य गैर रहेको आरोप उनीहरुको छ ।

यता संस्थाका अध्यक्ष प्रेम रावतले भने आफूहरु माथि लागेको आरोप निराधर भएको बताएका छन् । सहकारीले सवैको भावना अनुकुल काम गरेको उल्लेख गर्दै,अध्यक्ष रावलले भने,–‘सहकारीलाई वदनामी बनाउने मानसिकता बोकेका व्यक्तिहरुलये प्रपञ्च रचेका हुन् ।’

अख्तियार र डिभिजन सहकारी कार्यालयमा उजूरी परेको सत्य भएको बताएका अध्यक्षले डिभिजन कार्यालयले छानविन गरेर कुनै गल्ती नभेटाएको बताए । शेयर लाभांस दिने विषयमा अन्तिम तयारी गरेकाले केही दिन भित्र लाभांस रकम वितरण गर्ने उनले जानकारी दिए ।

संस्था माथि लागेको अन्य आरोपहरुमा सत्यता नभएको दावी अध्यक्षको छ । स्वरोजगार कोषको रकममा कुनै वेमानी नगरेको र संस्थामा कर्मचारी नियुक्तीमा पनि कुनै मनोमानी नभएको स्पष्ट पारे ।

तर आर्थिक र प्रशासनिक नियमावली निर्माण गरिएकाले लागु गर्न सवैसंग छलफल गरेर अगाडी बढ्ने तयारीमा संस्थामा रहेको उनको भनाई छ । ‘मंगलगढीको नमुना सहकारी हो, तपाई पनि आएर सत्यता बुझ्नुहोस् । उनीहरुले लगाएको आरोप विपरित कुनै काम हामीले गरेको छैनौं ।’ अध्यक्ष रावतले भने । संस्थामा हाल ५ सय ६० शेयर सदस्यहरु छन ।