☰ open Loading... 19 April 2024|  

सिडिओ नै तीजमा छमछमी नाचेपछि…
  | १७ भाद्र २०७३, शुक्रबार १९:५६

महिलाहरुले आयोजना गरेको तिज विशेष कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम उठेर महिलाहरु सँगै छमछमी नाच्दा दर्शक दिर्घबाट तालीको फोहरा छुट्यो । दर्शकहरु निकै रमाईलो मानेर प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालय प्रमुख र स्थानियहरुको नाच हेरे ।

teej p2
महिलाहरु आफु पनि नाचे र उपस्थित अतिथि लगायत सवै दर्शकहरुलाई पनि छमछमी नचाए । तिज विशेष कार्यक्रमले सदरमुकाममा तिजको रौनक ह्वात्तै बढाईदिएको छ ।

नेपाली हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा अन्तर पार्टी महिला सञ्जालले सदरमुकाममा गरेको कार्यक्रमका प्रमुख अतिथि सिडिओ साव नै नाच्दा निकै रमाईलो भयो स्थानिय कौशिला खत्रीले बताईन ।

हिन्दु महिलाहरुको महान् पर्वका रुपमा रहेको हरितालिका तिजलाई रमाईलो वनाउन र संस्कृतिलाई जोगाई राख्न तिज विशेष कार्यक्रमको आयोजना गरिएको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष प्रमिला सिंह राठौरले वताईन् ।

अन्तर पार्टी महिला सञ्जालद्धारा आयोजित तिज विशेष कार्यक्रमलाई नाचेर औपचारिक उद्घाटन गरेका प्रजिअ जनार्दन गौतमले तिजलाई धेरै भट्किलो र खर्चिलो हुन नदिन सरोकारवालाहरुले ध्यान दिनु पर्ने वताए ।

tej p1

उनले महिलाहरुको आग्रह अनुसार उनीहरुको हौसला बढाउन नाचेको बताए । कार्यक्रममा विभिन्न राजनैतिक पार्टी सम्वन्ध महिलाहरु, सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, नागरिक समाज लगाएतका विभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो ।

तिज विशेष कार्यक्रममा तिज गित प्रतियोगिताको समेत आयोजना गरिको आयोजकले जनाएको छ । वर्ष भरिका महिला वेदना र पुरुषहरुलाई गरिने खवरदारीलाई तिज गित मार्फत अभिव्यक्त गर्ने गरिएकोमा पछिल्लो समय तिजको नाममा अनावश्यक तडक भडक बढ्न थालेको भन्दै जिल्लाका केही महिलाहरुले चिन्ता ब्यक्त गरेका छन् ।