| १८ भाद्र २०७३, शनिबार १३:२०
भारतबाट काम गरेर घर फर्किंदै गरेका दुईजना नेपाली सीमावर्ती भारतीय बजार बनवासा बाट लुटिएका छन । लुटिनेहरुमा बझाङ्गका रौलव सार्की र कैलाली चिसापानीका सन्तोष सिजापति रहेका छन ।
बनवासा हुदै महेन्द्रनगर आउँदै गरेका बेला उनीहरुलाई आँप बगैंचा नजिकै नशालु पदार्थ खुवाएर ७ हजार भारतीय रुपैयाँ र दुई वटा मोबाइल लुटिएको पीडितले बताएका छन् ।
नशालु पदार्थ खुवाइएका उनीहरुको उपचारका क्रममा होश खुलेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । लुटिएका रौलव सार्कीले आफु अस्पतालमा पुगेर उपचार भएपछि मात्रै होश आएको बताए ।
निड्स नेपाल कञ्चनपुरको सुरक्षित आप्रवासन कार्यक्रमका कर्मचारीहरुले अलपत्र भेटिएका उनीहरुलार्ई महाकाली अञ्चल अस्पताल पुर्याएका थिए । उनीहरुको उपचारपछि सुरक्षित आप्रवासन परियोजनाले टिकट उपलब्ध गराएर घर पठाएको छ ।