☰ open Loading... 18 October 2024|  

भड्कीलो गरी तीज नमाउन सुरक्षा अधिकारीको आग्रह
  | १९ भाद्र २०७३, आईतवार ०८:१६

सुर्खेतका सुरक्षा अधिकारीहरुले हरितालिका तीजको अवसरमा भड्कीलो हुने गरी तीज नमाउन सुर्खेतबासी महिलाहरुलाई आग्रह गरेका छन् । महिलाको पर्व तीजमा देखासीकीमा गहना प्रदर्शन गर्ने र भड्कीलो बन्ने जस्ता कार्यहरु गर्ने भएकाले यस्तो कार्य नगर्न सुरक्षा निकायले आग्रह गरेका हुन् ।

लाटीकोइलीको शीव मन्दीरमा तीजमा दर्शन गर्न पुगेका श्रद्धालु महिलाहरु ।
लाटीकोइलीको शीव मन्दीरमा तीजमा दर्शन गर्न पुगेका श्रद्धालु महिलाहरु ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले तीजमा देखासीकी गर्ने चलनको अन्त्य गर्न पनि सुझाव दिए । तीजमा भीड हुने स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु परिचालन भएको जानकारी दिएका अधिकारी श्रेष्ठले आफ्नो सुरक्षामा पहिले स्वंयम व्यक्ति नै सजक हुनु पर्ने बताए ।

तीजमा लुटपाट र चोरीका घटनालाई निरुत्साहित गर्न सुरक्षामा कुनै कसर बाँकी नराखेको श्रेष्ठले स्पष्ट पारे । ‘व्यक्ति स्वंयमलाई भड्कीलो र गहना देखाउनकै लागि तीज कार्यक्रममा सहभागी नहुन आग्रह गर्दछु’ अधिकारी श्रेष्ठले भने ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुर जंग मल्लले तीजलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । तीजमा बढी भीड हुने लाटीकोइलीको शीव मन्दिर, बजार क्षेत्र र तीज कार्यक्रम हुने स्थलहरुमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको पनि डिएसपी मल्लले बताए ।

यता, पश्चिम नेपाल दाङ सम्वाददाता  पार्वती बस्नेतका अनुसार चाडपर्वलाइ लक्षित गरेर दाङ प्रहरीले शान्ति सुरक्षामा कडाइ गरेको छ । हिन्दु महिलाहरुको हरीतालिका तीज, दशै तिहार लगायतका चाडपर्वमा हुन सक्ने चारी, झै–झगडा, अराजक गतिविधी र लुटपाटलाई नियन्त्रण गर्न भन्दै प्रहरीले विशेष सुरक्षा योजना ल्याएको हो ।

चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले केहि दिन पहिले देखी गाउँदेखी शहरसम्म प्रहरी परिचालन गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिएका छन् । विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले रातको समयमा राजमार्गमा समेत सुरक्षा बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको मातहतमा रहेका जिल्लाका प्रहरी युनिटहरु आफनो क्षेत्रमा शान्ति सुरक्षाका लागी खटिन निर्देशन समेत दिइएकोशर्माले बताए ।