☰ open Loading... 19 April 2024|  

प्रधानाध्यापकले लखेट्दा बालिकाको हात भाँचियो
  | २१ भाद्र २०७३, मंगलवार १५:३९

पश्चिम सुर्खेतको बेतानस्थित नेपाल राष्ट्रिय उच्च माविका प्रधानाध्यापकले खेलिरहेकी एक बालिकालाई लखेट्दा हात भाँचिएको छ । पढ्न छाडेर खेलिरहेको भन्दै प्रधानाध्यापक हरेराम यादवले लौरीले हिर्काउन खोज्दा भाग्ने क्रममा विद्यालयको पर्खालमा ठोक्किएर कक्षा एकमा अध्ययनरत अञ्जु विक घाइते भएकी हुन् । उनको बाया“ हात भाँचिएको छ ।

प्रअको लखेटाईमा परि घाइते भएकी पश्चिम सुर्खेतको बेतानकी ५ वर्षीय अञ्जु विक ।
प्रअको लखेटाईमा परि घाइते भएकी पश्चिम सुर्खेतको बेतानकी ५ वर्षीय अञ्जु विक ।

गत मंगलबार करिब साढे १ बजेतिर मैदानमा खेलिरहेको अवस्थामा प्रधानाध्यापक यादवले हिर्काउन खोज्दा घट्ना भएको हो । प्रअको लखेटाइबाट छोरीको हात भाँचिएपछि अति विपन्न परिवारकी अञ्जुकी आमा बास्मतिले उपचारमा सहयोग गर्न आग्रह गरेकी थिइन् ।

तर, विद्यालय प्रशासनले उपचार गर्न इन्कार गरेपछि बास्मतिले आर्थिक अभावका कारण घरमै जडीबुटीबाट उपचार गराएकी थिइन् । ‘काप्रो बा“धेर उपचार गराए“ । झन्–झन् सुनिन थाल्यो’ उनले भनिन्, निको हुने छा“ट नदेखेपछि माइतीको सहयोग अस्पताल लगें ।’

वीरेन्द्रनगर एरिचौकस्थित सुर्खेत हस्पिटलमा अञ्जुको भाँच्चिएको हातको पलाष्टर भैरहेको छ । पलाष्टरबाट ठीक नभएपछि अपे्रसन गर्नुपर्ने डाक्टरले बतँएका छन् ।

khelkud ads
हात भाँचिएको तीनपछि अञ्जुलाई मामा खड्कबहादुर विश्वकर्माले उपचारका लागि वीरेन्द्रनगर ल्याएका थिए । उपचारमा ८ हजार जति खर्च भैसकेको छ । प्रधानाध्यापक यादवले बालिका भाग्ने क्रममा पर्खालमा ठोक्किएर हात भाँचिएको स्विकार गरे । ‘मैंले लौरी समाएपनि पिट्न खोजेको थिइन“ ।

उनी आफै डराइन र, भाग्न खोजिन्’ उनले भने, उपचारमा सहयोग गर्नुस भन्ने परिवारको आग्रह थियो । उनी आफै लडेकाले हामीले मानेनौं ।’ प्रधानाध्यापक यादवले स्कूलमा भएका सबै घटनाको जिम्मेवारी लिन नसकिने बताए ।

शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समितिका संयोजक टीकाराम आचार्यले बालबालिकालाई पिटेर, तर्साएर, हप्काएर भन्दा काउन्सिलिङ गरेर पठनपाठन गराउनुपर्ने बताए । ‘हरेक विद्यालय बालमैत्री हुनुपर्छ ।

यो सबैको सरोकारको विषय हो’ उनले भने, प्रअबाटै बालिकालाई यस्तो सजाय दिनु दुखद हो । घटनाले बालमैत्री सिकाइको खिल्ली उडायो ।’ यस्ता घटनाले बालमैत्री शिक्षण सिकाइलाई ठूलो ठेस पु¥याएको उनको भनँई छ ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतको अगुवाईमा विद्यालय शान्ति क्षेत्र, आधारभूत तथा निःशुल्क शिक्षा घोषणा भैसकेको छ । जिल्ला शिक्षा अधिकारी दीपा हमालले बालिकालाई भयभीत गराएर सजाय दिन खोजिएको भए प्रअलाई कारबाहीको दायरामा ल्याउने बताइन् ।

‘घटनाबारे बुझ्छौं । यदि प्रअको गल्ती पाइएमा अवश्य कारबाही हुन्छ’ जिशिअ हमालले भनिन्, घोषणा अनुरुप बालमैत्री शिक्षण सिकाइ नहु“दा बालबालिकाहरुले डर, त्रासकै भरमा अध्ययन गर्नुपरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

ads paschim nepal

स्रोत : कान्तिपुर

new-add