☰ open Loading... 7 September 2024|  

मुहान सुक्न नदिन वृक्षारोपण
  | २१ भाद्र २०७३, मंगलवार १७:३६

खानेपानीको मुहानलाई संरक्षण गर्न मंगलबार सल्यानमा वृक्षारोपण गरिएको छ । वर्षायाममाभन्दा खडेरीमा पानीको हाहाकार मच्चिन थालेपछि मुहान संरक्षण गर्न सल्यानको लेखपोखराका स्थानियले खानेपानीको मुहानमा वृक्षारोपण तथा सरसफाई गरेका छन् ।

लेखपोखरा ४ दियार गाँउका स्थानियको सक्रियतामा सिमल, बुकाईनो, रिठा लगायतका झण्डै एक हजार बिरुवा रोपिएको महेन्द्र्र सामुदायिक वनका अध्यक्ष नारायण वलीले जानकारी दिए ।  उनले वृक्षारोपण गर्दा पानीका मुहान संरक्षण हुने र वातावरण पनि स्वच्छ हुने भएकाले वृक्षारोपण गरिएको बताए ।

khanepani
दियारगाँउका स्थानियहरुले प्रयोग गर्ने सिमाखोलादेखी ढुंगेपानीसम्ममा वृक्षरोपण गरेको मोहन वलीले बताए । उनले खानेपानीका ती मुहानहरुको सरसफाईलाई आगामी दिनहरुमा पनि निरन्तरता दिईने प्रतिवद्धता जनाए ।