☰ open Loading... 26 July 2024|  

ताल्चा विमानस्थल आसपासका वस्ती जोखिमा 
  | २१ भाद्र २०७३, मंगलवार १७:५९

ताल्चा विमानस्थल आसपासको बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । ताल्चा बिमान स्थलसंगै जोडिएका कार्किवाडा गाविका वडा नम्बर १ देखि ६ सम्मका गाउँहरु पहिरोको उच्च जोखिममा परेका छन् ।

यही वर्ष आएको लगातार वर्षाले जमिन भासीदै गयपछि पाटपटेनि, कालपाल्त, कोश, कालजुर र दोवाट गाउँ पहिरोको उच्च जोखिमा पर्न थालेको स्थानीयले बताउका छन् ।

talacha
ताल्चा बिमानस्थल कालोपत्र भएसंगै पानीका नहर बुका खोलामा मिसाईएकाले पनि ताल्चा बिमानस्थल तलका वस्ति उच्च जोखिमा परेको स्थानीय प्रदिप रावलले बताए । बुका खोलाले आसपासका सयौ बिगाह जमिन कटान् गरेको छ पनि उनले जानकारी दिए । ताल्चा बिमानस्थलदेखि पानीखोलासम्म भिरालो भएर बग्ने खोलाले झनै समस्या निम्त्याएको स्थानीय बताउँछन् ।

ताल्चा बिमानस्थल कालोपत्रे भएसगै पानीका नहर बुका खोलाम मिसाईए पछी खोला थप उदण्ड बनेको रावलको भनाई छ । खोलाले कटान गर्न थालेपछि स्थानीयले जमिनमा लगाएको धान, कोदो, स्याउ, आरुका बोट बिरुवा सवै बगाएको छ ।

खोला नियन्त्रणमा सरोकारवालाल निकयाले हालसम्म कुनै सुनुवाई नगरेको स्थानीयको गुनासो छ । पहिरो नियन्त्रणका लागी जल उत्पन्न सब डिभीजन काार्यलय जुम्लाले हालेका ६० ओटा जाली पनि बाढीले बगाएको छ ।