☰ open Loading... 19 April 2024|  

चलचित्र “पानकली”को च्यारिटि सो हुने
  | २१ भाद्र २०७३, मंगलवार १८:३७

कर्णालीको खस भाषामा बनेको पानकली नामक चलचित्रको यही भाद्र २९ गते च्यारिटीसो हुने भएको छ । कर्णालीको खस भाषा र जीवन शैलीमा निर्माण भएको चलचित्र पहिलो पटक च्यारिटो स्वोे गर्न लागेको निर्माण पक्षले जानकारी दिएको छ ।

pankali
चलचित्रमा कर्णालीको संस्कृतिको संरक्षण र सम्वद्र्धन र यहाँको खसभाषामा केन्द्रीत छ । २०७२ साल पुस १८ गतेबाट छायाकंन थालिएको चलचित्र पानकलीको २०७३ साल साउन ११ गते छायाकंन सम्पन्न भएको थियो ।

चलचित्रमा समग्रमा मध्य तथा सुदूर पश्चिमका पहाडी र हिमाली क्षेत्रमा बस्ने चेलीले भोग्नु परेका समस्या, बालविवाह, बहुविवाह, जातीय छुवाछुतमा केन्द्रीत छ ।

नेपाली खस भाषाको उद्गम स्थलमा खस भाषा र प्राकृतिक सुन्दरताले भरीपूर्ण भुमिमा छायांकन गरिएको चलचित्रले बास्तविकता ओकल्ने आशा गरिएको निर्देशक खगेन्द्र न्यौपानेले बताए

चलचित्रको मुख्य भुमिकामा साहित्यकार तथा पत्रकार कृष्णराज धमाला (लाहुरे दर्जी) छन् । पत्रकार अशोक कुमार सिंहले छायांकन गरेको चलचित्र पानकलीको निमार्ण कार्य सकिदासम्म करिव ८२ लाख ८४ हजार रुपैयाँ खर्च भएको निर्देशक न्यौपानेले जानकारी दिए । कालिकोटमा हुने च्यारिटि सोको लागि एक हजार टिकट शुल्क लाग्ने बताएको छ ।