☰ open Loading... 22 October 2024|  

गोजीखोलाको पुल निर्माण कार्य अन्तिम चरणमा
  | २१ भाद्र २०७३, मंगलवार १८:१६

छिन्चु जाजरकोट सडक खण्डको राकमको गोजिखोलामा निमार्णधिन पुल ८ महिना नवित्दै ८० प्रतिशत काम सम्पन्न भएको छ । राजेन्द्र कुमार आशिस जेभिले निर्माण ठेक्का लिएको यो पुलको ८० प्रतिशत काम सम्पन्न गरेको निर्माण कम्पनीको दावी छ ।

pul
निमार्णधिन गोजिखोला पुल २०७२ पुसबाट शुरु भएको थियो । २०७६ माघसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको निर्माण कम्पनीले मध्यपश्चिम पुल आयोजना डिभिजन नेपालगञ्जसंग सम्झौता गरेको थियो ।

१ सय ५० मिटर लम्वाई पुलको ९ करोडमा निर्माण लागत छ । आगामी माघ महिना भित्रमा काम सम्पन्न गरेर पुलबाट गाडी गढाउने लक्ष्यका साथ काम भैरहेको निर्माण कम्पनीका शिव चन्द्र्रलाल कर्णले जानकारी दिए ।

छिन्चु जाजरकोट सडक खण्डको गोजिखोलामा पुल नहुदाँ नागरिकले वर्षेनी सास्ती पाउँदै आएका छन् । आशिस जेभिले चमत्कारी ढंगले काम गरेको गोजिबजारका गंगा प्रसाद ढकालले बताए ।

भेरी नदीको पुल निमार्ण हुन १२ वर्ष लागेको थियो तर यो पुल ८ महिनामै अन्तिम चरणमा काम पुग्दा स्थानीय आश्र्चयमा छन् । राजेन्द्र कुमार आशिस जेभि काठमाडौंका ठेकेदार ऋषिकेश गौलेका अनुसार उक्त सडक खण्मा ४ स्थानमा आशिस जेभिले कामको जिम्मा लिएको बताए । सवै ठाउँमा पुलको काम दुर्त गतिमा अगाडि वढेको बताउँदै उनले काम निर्माणमा कम्पनीको तर्फबाट ढिलाई नहुने जानकारी दिए ।