☰ open Loading... 26 July 2024|  

गुलेली संकलन अभियान शुरु
  | २५ भाद्र २०७३, शनिबार १९:१६

सल्यानमा गुलेली संकलन अभियान शुरु भएको छ । पछिल्लो समय बिभिन्न प्रजातीका चराहरुको संख्यामा क्रमिक रुपमा कमि तथा चराहरु नै लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्नमा यस्तो अभियान शुरु गरिएको हो ।

यो अभियान सल्यानको त्रिभुवन जनता माद्यामिक बिद्यालयबाट लेखपोखराबाट थालिएको छ । ईलाका वन कार्यालय लेखपोखराको आयोजना तथा चरा संरक्षणका अभियन्ता जेपी बुढाथोकीको संयोजनमा अभियान थालिएको विद्यालयका प्रधानाध्यापक टिका राम खड्काले जानकारी दिए ।

salyan pp
अभियान अन्तर्गत विद्यार्थीबाट समाजमा चरा संरक्षणको सन्देश चाँडो जाने भएकाले संरक्षणमूलक अभियानमा प्रावि र मावि स्तरिय लोकगित प्रतियोगिताको आयोजना गरिएको थियो ।

चरा संरक्षणका अभियन्ता एवम् ईलाका बन कार्यालय लेखपोखराका बन रक्षक जेपी बुढाथोकीले चरालाई बचाउनुपर्छ भन्ने सन्देश दिनका लागि चरा संरक्षणका लागी गुलेली संकलन अभियान सञ्चालन गरेको जानकारी दिए ।

उनले चराको बासस्थान र आहारको अभाव तथा जथाभाबी चराहरुको चोरी सिकारी गर्दा चराहरु संकटमा परेकोले यस्ता अभियान सवै क्षेत्रबाट थाल्न आवश्यक रहेको औल्याए ।