☰ open Loading... 26 July 2024|  

फेसबुकले जुटायो बालकको उपचार खर्च
  | २६ भाद्र २०७३, आईतवार ०७:३१

पछिल्लो समय सामाजिक सञ्जालहरुको ब्यापक दुरुपयोग भईरहेको गुनासो आईरहेका बेला चरम गरीवका कारण उपचार नपाएर घरमै थलिएका जाजरकोटका एक बालकको सामाजिक सञ्जाल फेसबुककै कारण उपचार हुने भएको छ ।

भेरीमालिका नगरपालिका ५ गंगटियाका मुकेश वि.क.ले उपचार नपाउँदा सात बर्ष देखी घरमै बन्दी अवस्थामा रहेकोले उनको उपचारमा सहयोग गर्न भन्दै भेरीमालिका नगरपालिका ४ निवासी यशोधा सिहले आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए ।
यशोधा गंगटियाको एक विद्यालयमा प्रधानाध्यापक यशोधाले वालकको अवस्था वारे जानकारी पाएपछि सहयोग जुटाउन फेसबुकको सहारा लिएको बताए ।

facebook

उनको फेसबुक वाल देखेर जापानमा बस्ने जाजरकोटकै एन्जिला राजभण्डारीको पहलमा जथाभावी हिडिदिने र जे पायो त्यही खाईदिन थालेपछि उपचारको साटो विगत ७ बर्ष देखी घरमै बाँधेर राख्ने गरिएको मानसिक सन्तुलन गुमाएका ति बालकको उपचार हुने भएको हो ।

एन्जिलाको पहलमा अहिले सम्म जापानमा बस्ने नेपालीले ५५ हजार रुपैया सहयोग संकलन गरेका छन् ।

मुकेशलाई उपचारको लागी शनिवार काठमान्डौ पठाईएको छ ।

उनको कान्तिबाल अस्पतालमा उपचार हुने भएको छ ।

उनको अवस्था सुधार हुने देखिए उपचारमा लाग्ने सवै खर्च जुटाउने एन्जिलाले जानकारी दिए ।

सहयोग संकलन भैरहेको छ मुकेशको उपचार राम्रो सँग होस रकमको अभाव हुदैन एन्जिलाले भने ।

उनी न त बोल्न सक्छन् न त खान खान नै । १२ बर्षिय मुकेश मन लागेको बेला खोसेर खान्छन् तर दिएको बेला खाँदैनन् । उनले कहिले काँही माटो र आफ्नै दिसा समेत खाईदिन्छन ।

घरमा एक्लै भएको बेला जथाभावी रुपमा हिडिदिदा परिवारलाई निकै सताएका छन् । त्यसैले पनि उनलाई बन्दी जस्तै गरेर दाम्लोले घरमा वाँधेर राख्ने गरिएको परिवारले बताएका छन् ।

उनका बाबु जरे लुहार भन्नुहुन्छ दाउरा बेचेर परिवार पाल्दै आएको छु कसरी छोराको उपचार गर्न सक्थेर । छोरालाई काठमान्डौ लिएर जान थालेका जरेले भने अव केही आशा पलाएको छ ।