☰ open Loading... 19 April 2024|  

‘६ प्रदेश टु राजधानी’ हाईस सेवा शुरु हुँदै
  | २६ भाद्र २०७३, आईतवार १२:४३

काँक्रेविहार यातायात व्यवसायी संघले पहिलो पटक सुर्खेत काठमाडौं हाइस सेवा सञ्चालनमा ल्याउने भएको छ । यही भदौ २९ गते (बुधबार) देखि संघले दिवा हाइस सेवा सञ्चाल गर्न लागेको सचिव रमेश सापकोटाले जानकारी दिए ।

‘यात्रुहरुको कामलाई मध्यनजर गर्दै काठमाडौं दिवा सेवा सञ्चालनमा ल्याउन लागेका हौं ।’ सचिव सापकोटाले भने,–‘तत्काल सुर्खेतबाट दैनिक एक र काठमाडौंबाट एक हाइस छुट्ने छन् ।’

state 6 to ktm
६ प्रदेश टु राजधानीका लागि काँक्रेविहारले ल्याएका नयाँ हाइस ।

६ प्रदेश टु राजधानी नाम दिएको संघको हाइस सुर्खेत बसपार्कबाट विहान साढे पाँच बजे र काठमाडौं गोगंबुबाट सोही समयमा छुट्ने छन् । हाइस दिवा सेवाको भाडादर एकतर्फी एक हजार ८ सय रहेको छ ।

१६ सिट क्षमता भएको यो सेवमा एसीको सुविधान रहेको छ । संघले यस अघि नै राजधानी लक्षित काँक्रेविहार मेट्रो एसी, डिलक्स र क्यापिल सेवा सञ्चालनमा ल्याएको छ । यी रात्रीकालिन सेवा हुन् ।