कस्तो हुन्छ राउटे समुदायको संस्कार ?
नेपालको भ्रमणशिल एकमात्र समुदाय हो राउटे जाती । लोपोन्मुख जातीको नाममा सुचिकृत भएको यो जाती एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई विरामी हुने डर एक महिनापछि छोडेर जाने यो जातीको चलन नै हो ।
तर परम्पराले गर्दा राउटे फिरन्ते र भ्रमणशिल भएका हुन् भन्न्े कतिपय मानिसको बुझाई छ । राउटेमा परम्परामा कोही मान्छे मर्ने वित्तिकै ठाउँ छाड्ने चलन छ । त्यो ठाउँ आफ्नो जातीलाई खानु नभएको मरेको भोलि पल्टै ठाउँ छोड्ने सँस्कारले गर्दा फिरन्ते भएको हुन सक्ने कतिपयले अड्कल गर्ने गरेका छन् ।
कतिपयले त एउटै ठाउँमा बसोबास गर्दा कुकाठ पनि नपाइने,काठका बनाएका कोशी, मधुश,आरी र खाटले बजार नपाइने हुँदा राउटे एक ठाउँ हुदै अर्को ठाउँ सर्ने गरेको आंकलन गर्दछन् ।
नेपालका राजनितिले नेपालमा गरिवी,बेरोजगारी,वर्गलाई विकासको बाधक माने झै यो समुदायले तीनवटा कुरा महाशत्रु ठानेको छ । ती हुन,स्थायी बसोबास,खेतीपाती,लेखपढ । समय परिवर्तन सँग राउटे अन्य कुरालाई स्वीकार गरेका छन् पनि गर्लान । तर तीन कुरा भने आफ्नो संस्कार विरोध नै हुन भनेर ठकुवा गर्दछन यो समुदायका अगुवा ।
तपाई हामीलाई घरगृहस्टीमा लाग्न भन्नुहुन्छ । खेतीपाती लेखपढ स्थायी बसोबास गर्नाले धेरै दुःख हुने त्यो समुदायको बुझाई रहेको छ । ʻमेरो जनताले यस्तो कुरा सुन्यो भन्या रुन थाल्छ । त
त्कालिन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल,अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले यी कुरा राख्दा काठमाण्डौं पुगेका राउटे अगुवाले अस्वीकार गरेका थिए ।
तत्कालिन समयमा काठमाण्डौ लगायत देशका अन्य शहरमा र जात जातीका नाममा आत्मनिर्णय सहितको अधिकार खोजीरहेका बेला राउटे समुदाय कटेम्पोररी भिजन नेपालको सहयोगमा आफ्ना माग राख्न २०६५ पुस २१ देखी २४ सम्म ती जातीले नेपाल सरकारका उच्चपदाधिकारी सँग भेट् गरि निस्फिक्री जंगल घुम्न पाउने,कु–काठ काट्न पाउने माग राखेका थिए ।
गैरराउटे भन्दा राउटेलाई प्राकृतिक ज्ञानको भण्डार छ । यो जातीले कुन सिजनमा कहाँ जाने कस्तो ठाउँमा बसोबास गर्ने सबै कुरा ख्याल गर्छ र त स्वास्थ्य संस्थामा नगएर जडीबुटीले नै चोटपटक विरामी परेकालाई निको पार्छन । जंगलमै कन्दमुल खाएर जीवन निर्वाह गर्ने जाती जडीबुटीसँग अधिक विश्वास राख्छन् । त्यही विश्वासले गर्दा नै हो ।
राउटेको पछिल्लो पटक संख्या घटदै गइरहेको छ । यसमा बाधक सरकार हो की राउटेको सस्कार । यो सम्बन्धि बहस हुनु जरुरी छ हुनु पर्छ । नेपाल सरकारले लोपोन्मुख जातीलाई वेवास्ता गरेकाले जनसंख्या घटदै गइरहेको हो वा उनीहरुको परम्पराले गर्दा नै हो ।
अन्य यो यसको उत्तर खोजिनुपर्छ । दक्षिण एसियाको एकमात्र भ्रमशिल समुदायको स्वास्थ्य,शिक्षा,लगायतका आधारभुत कुरामा सरकारी पहल र चासो छैन । जसले गर्दा उक्त समुदाय सदियौंदेखी नै निराक्षर नै रहेको छ । सबै नेपालीलाई सन २०१७ सम्म साक्षर बनाई सक्ने नेपाल सरकारको निर्णयलाई यो समुदायले कम्ती गिज्याएको छैन । देश संघियतामा गईसकेको छ ।
आजभोली हरेक स्थानीय निकायमा सिमांकनबार छलफल र बादविवाद भइरहेका छन् । कतिपय ठाउँमा सिमाकंन समस्या सुल्झिएको छ भने कुनै ठाउँमा कायमै छ । संघिय राज्यमा राउटेका बारे कस्तो राज्य चाहिन्छ । उनीहरुले कस्तो राज्य खोजीरहेका छन् । संघियराज्य सञ्चालन हुँदा ती राज्यमा यो समुदायको हक अधिकार कस्तो हुने,के गर्न पाउने के नपाउने बहस चर्चा हुनुपर्छ ।
कि उनीहरुले अहिले जे गरिहेका छन् त्यस्तै अवस्थामा चल्न दिने हो । यदि त्यस्तो हो भने दिनप्रतिदिन राष्ट्रिय वन सामुदायिकमा हस्तान्तरण हुदै गइरहेका छन् । उनीहरुले कहाँ कुकाठ काटेर जीविका चलाउने,रुख नकाटे हामीहरुको काल आउँछ भन्ने ती समुदायलाई कस्तो वनक्षेत्र हस्तान्तरण गर्ने आदि कुरा सदनमा छलफल हुनुपर्छ ।
मानवशास्त्री,अर्थशास्त्री,सस्कृतिविद,विद्धान लगायतका उच्च स्तरिय समिति गठन गरि उनीहरुको हक अधिकार,क्षेत्राधिकार निर्धारण हुनपर्छ । नेपालमै बस्छन् सस्कार विपरित हुने भएकाले नागरिकता लिन मान्दैनन् । त्यो समस्या कसरी समाधान गर्ने अन्तराष्टिय कानुनको के भन्छ ,परम्परा र सस्कार नखलबलिने कसरी जिउने बचाउने खोजी हुन जरुरी देखिन्छ ।
पछिल्लो पटक केही गैरसरकारी संघ संस्थाले आफ्नो काम पुरा गर्नका लागि उनीहरुको सुर्ति श्यामबहार चुरोट र मदिराले गर्दा बानी विगारेका छन् । त्यसलाई निरुत्साहित गर्ने ओन डोर सिस्टमको थालनी हुनुपर्ने देखिन्छ ।
राउटे समुदायले उत्पादन गरेका भाँडाकुडाको राष्ट्रिय अन्तराष्ट्रिय बजार खोजी गरिनुपर्छ । सुदुर पश्चिका केही जिल्ला र मध्यपश्चिमका १५ जिल्लाका जंगलमा बसोबास गर्दै आएका यी जातीको दुईवटा ठाउँमा राउटे संग्रालय बनाउँदा राम्रो देखिन्छ । नेपालका अधिकाँश मानिसले राउटेको बारे देखे सुनेपनि उनीहरुको विशिष्ट पहिचान लिन नसकेकोले पहिचान नमेटिन दिनका मध्यपश्चिमका दुई ठाउँमा राउटे संग्रालय बनाउनु उनीहरुको लागि हितकर देखिन्छ ।
जसले गर्दा आन्तरिक वा वाह्रय पर्यटकले राउटेको बारे सजिलै जानकारी लिउन । इतिहास बचोस । स्वास्थ्य कम चासो शिक्षालाई शत्रु ठान्ने यो जातीमा घुम्ती शिक्षा,स्वास्थ्य सरकारले तत्काल सञ्चालन गनुपर्छ । दिनमा कुकाठ विक्री र काम गर्न जाने भएकाले बेलुकापख राउटे वस्तीमा खानपान,शिक्षा र जनचेतनाको सोलार सिनेमा मार्फत ज्ञानका कुरा सिकाउनुपर्छ ।
तीनवटा हतियार,बच्चरो,बाँसुल्लो र छिनो लगायतले काठका भाँडाकुडा बनाउने भएकाले सजिलोको लागि अन्य हतियार सरकारले उपलब्ध गराउनुपर्ने देखिन्छ । सधै कोशी,आरी खाट,झुमा मात्र सामाग्री बनाउने हुँदा अन्य काठका भाँडाकुडा बनाउने तालिम दिएमा जीविकोपार्जनमा त्यति दुःख नहुने देखिन्छ ।
नेपाल सरकारले दिदै आएको लोपोन्मुख भत्ताको बारे संघिय राज्यमा कसरी उपलब्ध गराउने किटानी गरिनुपर्छ । यो जाती एटा स्वच्द समाज भएकाले अन्तराष्ट्रियस्तरमा चिनाउन पहल गर्नुपर्छ ।
राज्यको निगरानी भईरहन जरुरी छ । एक आपसमा गोप्यता छैन,धनसम्पत्ति लुकाउने लोभ छैन,जातीय विभेद छैन,वर्गिय विभाजन छैन,यस्तो विशिष्ट संस्कार कसरी जोगाउने चासो सरकारलाई हुनुपर्छ ।