☰ open Loading... 3 May 2024|  

प्रधानमन्त्रीको कार्यशैली प्रति पर्यटन मन्त्रीको असन्तुष्टी
  | २७ भाद्र २०७३, सोमबार १६:२५

‘छ प्रदेशका पर्यटनहरुको विकास गर्छु’

संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री जीवनबहादुर शाहीले सुर्खेतमा पर्यटन कार्यालय स्थापना गर्ने उद्घोष गरेका छन् । ‘६ नम्बर प्रदेशमा पर्यटन कार्यालय छैन् ।

कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा प्रति परिवार २० केजी अनुदानमा चामल वितरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणाप्रति असन्तुष्टि जनाए ।

यहाँ पर्यटन क्षेत्रको अथाह स्रोत र सम्भावना छन्’ उनले भने, सुर्खेतमा प्रदेशस्तरीय कार्यालय छिटै स्थापना गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ ।’ यसका लागि अर्थ मन्त्रालयसंग समन्वय भैरहेको उनले बताए ।

सुर्खेत विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री जीवनबहादुर शाही ।
सुर्खेत विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री जीवनबहादुर शाही ।

केही दिन अघि आफूले निरिक्षण गरेको कालिकोटको कोटवाडा विमानस्थल तीन महिनाभित्र सम्पन्न भैसक्ने दाबी गरेका छन् । नेपालमा जहाजको संख्या कमी रहेको भन्दै उनले कम्तीमा १६÷१७ वटा जहाज आवश्यक पर्ने बताए ।

‘यसका लागि दुई वटा बोइङ जहाज किन्ने तयारी भैरहेको छ’ मन्त्री शाहीले भने, प्रत्येक प्रदेशमा सरकारी स्वामित्वको वायु सेवा निगमका जहाजले पब्लिकलाई सहुलियतमा सेवा दिने व्यवस्था मिलाउनुपर्छ ।’

तर पर्यटन मन्त्री शाहीले कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा प्रति परिवार २० केजी अनुदानमा चामल वितरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणाप्रति असन्तुष्टि जनाए ।

हुम्ला जाने क्रममा सोमबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री शाहीले आफू कर्णाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएपनि प्रधानमन्त्रीले परामर्श नलिएर काम गरेकोमा असन्तुष्टि पोखेका छन् ।

‘त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने एकमात्र क्याबिनेट मन्त्री हुँ । प्रधानमन्त्रीले यस विषयमा मलाई सोधेको भए अझ राम्रो सल्लाह दिन्थे’ उनले भने, ‘तर, त्यसो गर्नुभएन । सम्बोधन लगत्तै मैंले भेटेर असन्तुष्टि जनाएँ । प्रधानमन्त्रीको यस सम्बोधनले मात्र कर्णालीको खाद्य संकट समाधान हुन सक्दैन् ।’

शाहीले यसै विषयलाई लिएर भैरहेको विरोध पनि नाजायज भएको तर्क गरे । ‘विरोधका नाउमा विरोध भएको छ । कर्णालीको नाउमा काठमाडौं बस्नेहरुले एकतर्फी विरोध गरेका छन् । यो सकारात्मक निर्णय पनि हो’ मन्त्री शाहीले भने ।